Shittalpati
तानसेन सरकारद्वारा प्रकाशित बुलेटिनको सार्वजनिकिकरण

पाल्पा, तानसेन नगरपालिकाले हाम्रो तानसेन त्रैमासिक बुलेटिनको पूर्णाङ्क ७ सार्वजनिकिरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच सांस्कृति अंक पूर्णाङ्क ७ को सार्वजनिकिकरण गरेको हो । पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको अंकमा तानसेनको समसामयिक विषय वस्तुमा छलफल गरिएको थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले तानसेन नगरपालिकाका गतिविधि प्रकाशन गर्न र गरेका कामको समीक्षा गर्न हाम्रो तानसेन बुलेटिन प्रभावकारी माध्यम भएको बताए ।

फरक प्रसंगमा नगरप्रमुख शाहीले अबको अंकमा सिद्धार्थ करिडोरका विषयमा प्रकाशन गर्न आग्रह गरे । कार्यक्रमा तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशम न्यौपाने, सामाजिक विकास शाखा अधिकृत भरत आचार्य, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेशकुमार अर्याल, पत्रकार माधव अर्याल, रेखीराम राना, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम तानसेन बुलेटिनका प्रधान सम्पादक एवं प्रेस सल्लाकार गोविन्द भट्टराईको सहजीकरणमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update