Shittalpati
दिव्यज्योती माविद्वारा फेसबुक लाइभमार्फत परीक्षाफल प्रकाशन

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा रहेको दिव्यज्योति नमूना माविले लकडाउनका कारण वेबसाइट र फेसबुक लाइभमार्फत् वार्षिक परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयले वर्तमान अवस्थालाई मध्यनजर गर्दै सूचना प्रविधिको प्रयोग गरेर २०७६ सालको वार्षिक परीक्षाफल प्रकाशन गरेको हो । विश्वभर कोभिड १९ कोरोना भाइरसको महामारी फैलिएको बेला विद्यार्थी र अभिभावकलाई नतिजा थाहा पाउन सहज होस् भनेर प्रविधिको प्रयोगमार्फत वार्षिक परीक्षाको नजिता सार्वजनिक गरेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए ।

सरकारले घोषणा गरेको लकडाउनका कारण सम्पूर्ण शैक्षिक गतिबिधि बन्द भएका बेला विद्यालयले प्रविधिको प्रयोगमार्फत कक्षा नर्सरी, एलकेजी, युकेजी, कक्षा १, कक्षा, २, ३, ४, कक्षा ६, ७ र कक्षा ९ को नतिजा सार्वजनिक गरेको हो । कक्षा नर्सरी, एलकेजी, युकेजी, कक्षा १ को नजिता दिलमाया राना, कक्षा २, ३ र ४ को नजिता सकुन्तला पौडेल, कक्षा ६ र ७ को गणेश पाण्डेय र कक्षा ९ को नजिता शिक्षक राधेश्याम ज्ञवालीले सार्वजनिक गरेका थिए । कक्षा ५ र कक्षा ८ को परीक्षा भने माथागढी गाउँपालिकाले लिएकाले नतिजा सार्वजनिक हुन नसकेको शिक्षक लोकेन्द्र थापाले जानकारी दिए । विद्यालयले सार्वजनिक गरेको नतिजामा परीक्षा दिन नसकेका बाहेक सबै विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।

विद्यार्थीले विद्यालयको फेसबुक पेज दिव्यज्योति मावि र वेवसाइट डब्लुड्रब्लुडब्लु दिव्यज्योति आइडियाब्रिडडट नेटबाट समेत नजिता थाहा पाउन सक्ने छन् । वेवसाइटमा विद्यार्थीको नाम, कक्षा र कुल जिपिए सहितको नतिजा राखिएको विद्यालयले जनाएको छ । घरमै बसेर पनि नतिजा थाहा पाउँदा विद्यार्थी र अभिभावक भने खुसी भएका छन् । लकडाउनका कारण कोही पनि बाहिर निस्कने अवस्था नरहेका कारण प्रविधिको प्रयोगबाट नतिजा सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले बताए । पछिल्लो हरेक विद्यार्थी र अभिभावकमा समेत इन्टरनेटको पहुँच पुगेको अवस्थामा सामाजिक दुरी कायम गरेर नजिता सार्वजनिक गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update