Shittalpati
भ्रष्टाचारको खेल

भ्रष्टाचारको खेल
कहिले जाल कहिलेझेल
कहिले ६३ कहिले ३६
यो कस्तो अनौठो मेल

भ्रष्ट+आचार=भ्रष्टाचार
न रुप न रङ्ग
न सूक्ष्म न बिराट
न नाता न कुटुम्ब
लिप्त हुन्छ सदैव

न रात न दिन
हमेशा त्यसैमा लिन
दाँया भ्रष्ट बाँया आचार
माथी संहिता तल कानून
लगाउनेलाई थाहा छैन
लाग्नेले जानुन

न पुरुष न महिला
भ्रष्टाचारी छन् गतिला
न दिदी नबहिनी
न छोरी न स्वास्नी
न देवर न भाउजू
छैन भ्रष्टाचार नाप्ने तराजु

भ्रष्टाचारको परिकार
गुलावजामुन होस या आलुदम
खानमा को भन्दा को कम

दुई हात दुई खुट्टा
भ्रष्टाचार पछि बेपत्ता
सहश्र बाहु सहश्र पाउ
खानेमुख मुख अनेक
भ्रष्टाचारि लाई न वार न छेक

कहाँ महल कहाँ झोपडी
भ्रष्टाचारिको गजब खोपडी
नयाँ नयाँ कुटनीति
बिश्वमा नभएको लाजनीति
वरिपरि भ्रष्टाचारी
जनता झुक्याउने कलाकारी

भ्रष्टाचारीलाई जेल
हातमा हथकडी खुट्टामा नेल
दुईदिनको सरकारी पाहुना
तिनदिन पछि बाहिर
दलहरुको अनौठो खेल
न नङ्ग न कपाल
गर्छन घरी घरी ववाल
चल्छ उनैको कमाल

तीन जनाको मिटिङ्ग
मनि को डिलिङ्ग
कसरी खाने कसरी मिलाउने
कसरी लुत्ने कसरी झुक्याउने
सम्झिंदा यिन्को दुख्छ कपाल
चल्दैन अब यिनको मजाल

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update