Shittalpati
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा

पाल्पा, पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको छ । बैशाख २७ गते हुन लागेको कूूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको हो ।

रायमाझी कुल देवता समिति छहराका अनुसार पूजाको ९० प्रतिशत काम सकिएको छ । कुलपुजाका लागि मन्दिर सरसफाई गर्नेदेखि पूूजा गर्ने मौलो, गवौरो, भोज गराउने वन क्षेत्रको सरसफाई र तिनलाई व्यवस्थित गर्ने काम सकिएको छ । पूूजाको दिन आउनुुहुुने पाहुना र बन्धुुहरुलाई मन्दिर र गवौरोसम्म सहजै पुुग्नका लागि सडकका खाल्टाखुुल्टी पुर्ने, सडक मर्मत गर्ने काम पनि सकिएको छ । यस्तै समितिले पानीको उचित प्रवन्ध समेत मिलाएको छ । पाहुनाहरुका लागि आवासको व्यवस्था र स्वगातद्वार निर्माण गर्ने काम भइरहेको स्थानीय पत्रकार भुवन रायमाझीले जानकारी थिए ।

देशभरका रायमाझीहरुको उद्गमस्थलको रुपमा रहेको छहरामा हरेक पाँच÷पाँच वर्षमा ऐतिहासिक कूल पूजा हुुने गर्दछ । यसलाई रायमाझी बन्धुहरुको मिलन उत्सवका रुपमा समेत हेर्ने गरिन्छ । हरेक जातजातिहरुले आ–आफ्नै विधि र प्रक्रिया अनुरुप कूलको पूजा गर्ने गर्छन् । रायमाझीहरुले पनि आफ्नो पूूर्खालाई सम्झिने र सम्मान व्यक्त गर्न परापूर्वकालदेखि नै कूूल पूजा गर्दै आएका हुन् । अन्य जातिहरुको कूल पूूजा भन्दा रायमाझीहरुको कूल पूजालाई विशेष किसिमले हेर्ने गरिएको छ । यहाँ देशभरका रायमाझी बन्धुहरुको उपस्थितीमा पूूजा गरिने भएकाले पनि उनीहरुको पूजालाई मिलन उत्सवका रुपमा हेर्ने गरिएको इतिहासका जानकार राजेन्द्रगोपाल सिंले बताए ।

रायमाझीहरुको कूूल पूजाका दिन तानसेनदेखि नै छहरासम्म भिडभाड हुने गर्दछ । लाखौको संख्यामा मानिसहरु कूूल पूजामा पुुग्ने भएकाले यहाँको व्यवस्थापनमा ठूलै सकस हुने गर्दछ । यस दिन सहज रुपमा पाहुुनाहरुलाई स्वागत गर्न र पूजालाई व्यवस्थित बनाउन यहाँका रायमाझी बन्धुुहरुले उचित प्रवन्ध मिलाएका छन् । पूजालाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न समितिहरु निर्माण गरी काम गरिएको रायमाझी कुल देवता समिति पाल्पाका अध्यक्ष झलक बहादुर रायमाझीले बताए । समितिले छहराका वडा अध्यक्ष गोविन्द रायमाझीको संयोजकत्वमा आवास तथा अतिथि सत्कार उपसमिति, समितिका जिल्ला उपाध्यक्ष कमल रायमाझीको संयोजकत्वमा आर्थिक उपसमिति र नारायण रायमाझीको संयोजकत्वमा गवौरो ब्यावस्थापनको जिम्मेवारी दिएको छ । विगतमा कूूल पूूजाको दिन गाउँविकास समितिले स्थानीय विदा दिने गरे पनि अहिले स्थानीय सरकारले त्यस विषयमा निर्णय गरेको छैन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update