Shittalpati
धुर्कोट गाउँपालिकाद्वारा अलपत्र मजदुरको उद्दार

रमेश विश्कर्मा
गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिकाले प्युठानका अपलपत्र मजदुरहरुलाई उद्दार गरेको छ । पर्वत जिल्लाबाट पैदल हिडेर प्युठान जान लागेका १६ जना मजदुरहरुलाई गाउँपालिकाले उद्दार गरेको हो ।

पर्वत जिल्लाको रानिपानी भन्ने स्थानमा खानेपानी आयोजनामा कार्यरत प्युठान नगरपालिका ५ का ३ जना र वडा नं. ६ का १३ जना मजदुरहरु लगडाउनका कारण काम वन्द भएपछी पैदलै भएपनी घर जान लागेका थिए । शुक्रबार साँझ धुर्कोट गाउँपालिका ४ जैसिथोकमा आइपुगेका उनीहरुलाई धुर्कोट गाउँपालिकाले पाञ्चायन माध्यमिक विद्यालयमा खाना र वासको व्यवस्था गरी शनिबार विहान गाडी मार्फत प्युठान पठाएको हो ।

अलपत्र अवस्थामा परेका मजदुरलाई गाउँपालिकाले गाडीको व्यवस्था गरी उद्दार गरेको वडा ४ का वडा अध्यक्ष मान बहादुर कुवँरले बताए । पैदल आउँदा दुःख पाएको भन्दै चुमान बहादुर बुढाले भने ‘तिन दिन सम्मको हिडाइले निकै थकाई लागेको थियो राम्रो सँग खान समेत पाएका थिएनौ तर धुर्कोट गाउँपालिकाले हाम्रो लागि राम्रो व्यवस्था गरिदियो । खान बस्न अनि गाडी समेत खोजेर हामीलाई घर जाने वातावरण मिलाई दिएकोमा धुर्कोट गाउँपालिकालाई धन्यवाद दिन चाहान्छौ ।’ संगै आएका अर्का मजदुर हर्क बहादुर बैजाली भन्छन ‘यहाँको स्थानीय सराकारले खाना, वस्न र गाडीको राम्रो व्यवस्था गरिदियो अन्य ठाउँमा अलपत्र परेका मजदुर हुनुहुन्छ भने तपाईहरुले पनि स्थानीय सरकारसँग सहयोग माग्नुस उहाँहरुले सम्बन्धित ठाउँसम्म पु¥याइदिनु हुनेछ । ’साथै उनले अन्य ठाउँमा मजदुरले खान पाएनन् भन्ने हल्लाको पछि नलागी स्थानीय सरकारसंग सम्पर्क गर्न आग्रह समेत गरे ।

कोरोनाका कारण देश लकडाउन भइरहेको अवस्थामा धुर्कोट गाउँपालिका भित्र सजगता अपनाउदै धुर्कोट प्रवेश गर्ने हरेक व्यक्तिको निगरानी समेत गर्ने गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वताए । गाउँपालिका भित्रका निम्न वर्गका समुदाय, मजदुर लगायतका अति विपन्न ७ सय ७९ परिवारलाई गाउँपालिकाले राहत वितरण गरिसकेको छ । धुर्कोट गाउँपालिकामा हाल सम्म क्वारेन्टाइनमा बसेका २५ जनालाई सुरक्षित साथ घरमा पठाई सकिएको र हाल धुर्कोट गाउँपालिका ६ मा १ जना मात्र क्वारेन्टाइनमा रहेको समेत अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update