Shittalpati
रैनादेवी छहरामा कोरोना संक्रमण रोक्न यस्ता छन् प्रयास, यसो भन्छन् जनप्रतिनिधि र कर्मचारी (भिडियो सहित)

रामचन्द्र रायमाझी
पाल्पा । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न रैनादेवी छहरा गाउँपालिका जुटिरहेको छ । गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि विभिन्न योजना बनाएर जुटिरहेको हो । गाउँपालिकाले विदेशबाट आएकाको रेखदेख गर्ने मात्रै हैन, संकटमा परेका नागरिकको अवस्थाबारे डाटा संकलन गरी न्यून आय भएका, ज्याला–मजदुरी गरेर खाने नागरिकलाई राहतका प्याकेजहरुको व्यवस्था समेत गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी सक्रियताका साथ लागेका छन् । यहाँका सबै वडाहरुमा जिल्लामा जारी निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै विपद्मा परेका नागरिकहरुको उद्धारका लागि जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मीहरु सक्रियताका साथ लागेको देखिन्छ ।

१४ सय विपन्न परिवारलाई राहत वितरण

गाउँपालिकाले लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न अप्ठेयारामा परेकाहरुका लागि राहत वितरण गरेका छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने विपन्न श्रमिकको साँझ बिहानको छाक नअड्कियोस् भनी राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । उनका अनुसार विपत् व्यवस्थापन कोषमा रहेको बजेटबाट गाउँपालिका भित्र रहेका एक हजार चारसय विपन्न घरपरिवालाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा मुख्य मन्त्री ग्रामीण कार्यक्रममार्फत ३ सय घरपरिवारलाई र दोस्रो चरणमा एक हजार एक सय परिवारलाई गाउँपालिकाको विपद् कोषबाट राहत वितरण गरिएको अध्यक्ष कार्कीले बताए ।

विपद् व्यवस्थापन कोष स्थापना

गाउँपालिकाले कोरोना विपद् व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पु¥याउनका लागि ३५ लाखको विपद् व्यवस्थापन कोष स्थापना गरिएको अध्यक्ष कार्कीले बताए ।

बाँकी अध्यक्षको भिडियो मार्फत...

सबै स्वास्थ्य संस्थामा पिपिइ सहित स्वास्थ्य सामग्री

गाउँपालिकाले कोरोना भाइरस संक्रमणको उपचारलाई लक्षित गरी उपचारमा प्रयोग गरिने विशेष प्रकारको सुरक्षित पोसाक (पिपिइ) सहित अन्य स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको उपचारमा सुरक्षित भई उपचार सेवा गर्न सहयोग पु¥याउने उद्देश्यका साथ गाउँपालिकाका १२ वटै स्वास्थ्य संस्थाहरुमा पिपिइ सहित स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष चेत कुमारी थापाले बताईन । उनका अनुसार गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत मार्फत वडाका सबै स्वास्थ्यचौकी,एम्बुलेन्स चालक लगायतलाई पिपिइ सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

बाँकी उपाध्यक्षको भिडियो मार्फत...

संकट समधान गर्न कृषि र शिक्षालाई प्रथामिकता

गाउँपालिकाले कोरोना संक्रमणका कारण खाद्यय संकट आउन सक्ने भन्दै त्यसको समधानका लागि कृषि र शिक्षालाई महत्वका साथ अगाडि बढाउने योजना बनाएको छ । लामो समयको लकडाउनका कारण देश नै संकटमा पर्ने संभावना रहेकाले देश र रैनादेवीलाई भविष्यमा खाद्यय संकटबाट बचाउनका लागि कृषि र शिक्षालाई महत्वका साथ अगाडि बढ्ने योजना बनाईने गाउँपालिकाका प्रवक्ता विष्णु प्रसाद पोखरेलले बताए । कोरोनाका कारण स्थगित भएको एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि पनि गाउँपालिकाले स्थानीय रेडियो मार्फत दुरशिक्षाबाट शिक्षा पुर्नरजागरण गराउने कार्य गाउँपालिकाका, जनप्रतिनिधि, कर्मचारी शिक्षकहरु एक भएर अगाडि बढेको प्रवक्ता पोखरेलले बताए ।

बाँकी प्रवक्ताको भिडियो मार्फत ...

स्वास्थ्य संस्था साधन स्रोत सम्पन्न

गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी र निरन्तर दिनका लागि साधन स्रोत सम्पन्न बनाएको छ । कोरोना संक्रमणको आंशका गरिएका नागरिक र अन्य विरामीहरुको स्वास्थ्य परीक्षणका लागि अत्यावश्यक औषधी, स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईको र केही सामग्रीहरु खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले बताए । उनका अनुसार कोरोना संक्रमणका कारण कृषि क्षेत्रमा देखिएको प्रभावलाई मध्यनजर गर्दै आर्थिक राहतका कार्यक्रमहरु समेत ल्याइएको छ ।

बाँकी प्रमुख प्रशासकिय अधिकृतको भिडियो मार्फत...

विदेशबाट आएकाहरुको उच्च निगरानी

गाउँपालिकाले विदेशबाट आएकाहरुको उच्च निगरानी राखेको छ । गाउँपालिकामा भारत लगायत अन्य तेस्रो मुलुकबाट आएका ३ सय ८ जना नागरिकहरुको उच्च निगरानी राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक जीवन रानाले बताए । उनका अनुसार स्वास्थ्यकर्मीहरु मार्फत घरघरमै पुगेर परीक्षण गरी उनीहरुको उच्च निगरानी राखिएको छ । विदेशबाट आएका मध्ये ११ जनालाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राखि दुई हप्तापछि परीक्षण गरी कोरोना रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको र उनीहरु अहिले होम क्वारेन्टाईनमै रहेको स्वास्थ्य संयोजक रानाले बताए । अहिले गाउँपालिकाले निर्माण गरेको ब्वारेन्टाईनमा कैलालीबाट आएका एक जना नागरिक मात्र रहेका छन् । बाँकी स्वास्थ्य संयोजकको भिडियो मार्फत ...

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update