Shittalpati
लकडाउन : पाल्पामा कडाई,ड्रोनबाटै अनुगमन गरिने

पाल्पा, विश्वभर फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनलाई पाल्पामा कडाई गरिएको छ । नेपालमा कोरोना संक्रमणको संख्या बढ्दै जानु र स्थानीहरुले लकडाउनको उल्लंघन गर्दै गएपछि जिल्लामा लकडाउनमा कठाई गरिएको हो । कोरोना नियन्त्रण तथा उपचार सहयोग सहजीकरण समितिको बुधबार बसेरको बैठकले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । बैठकले लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि ड्रोनबाट अनुगमन गर्ने, अत्यावश्यक सेवा(औषधी, खाद्यान्न, दूध र स्वास्थ्य उपचार) लिने व्यक्ति बाहेकलाई अनावश्यक हिड्डुलमा कडाईका साथ रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

त्यस्तै बैठकले जिल्लाका सबै स्थानीय तहहरुले आफ्नो वडा क्षेत्रभन्दा बाहिरबाट जो कोही आएमा जहाँ भेटिन्छ, त्यही क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने, ¥यापिड टेस्टको माध्यम्बाट कोरोना परीक्षण गरिएकाहरु घरमै क्वारेन्टाइनमा बसे, नबसेको अनुगमन गर्न लगाउने र स्वास्थ्य परीक्षणको नियमित जानकारी लिने निर्णय गरेको छ । यस्तै चैत १ गतेदेखि विदेशबाट फर्किएको डाटा अद्यावधिक गर्ने र उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी माग गर्ने निर्णय गरेको छ । चैत महिना देखि पछाडी भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको आरडिटीको माध्यमबाट कोरोना संक्रमण परीक्षण गर्ने निर्णय समेत गरेको समितिले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update