Shittalpati
नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ पुग्यो

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामध्ये दुई जनालाई मंगलबार कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीन जनाको स्वाब परीक्षण गरिएकामा दुई जनालाई कोरोना पोजिटिभ देखिएको छ । एक जनाको रिपोर्ट भने साँझसम्म आउने बताइएको छ । एकै परिवारका तीनमध्ये आमा र छोरालाई पोजेटिभ देखिँदा बुहारीलाई भने पुनः परीक्षण गरिने जनाइएको छ । यसअघि सोमबार उनीहरुको ¥यापिड टेष्ट गर्दा तीनै जनामा पोजेटिभ देखिएको थियो । बेलायतबाट फर्केर काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसेका उनीहरुको ¥यापिड टेस्ट पोजेटिभ देखिएपछि सोमबार साँझ पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको छ । आइतबार मात्र पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन भारतीय नागरिकमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । त्यस्तै गएको माघ ९ गते कोरोना पुष्टि भएका एक जना पुरुष उपचारपछि निको भएका छन् भने अरु ८ जनाको उपचार चलिरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा चार जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बाग्लुङमा दुई दुई जनाको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update