Shittalpati
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

पाल्पा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छ्न् । उनले आइतबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खस्यो । मुख्यमन्त्री शाहलाई नेपाली काँग्रेस,नेकपा माओवादी, नागरिकत उन्मुक्ति पार्टी,एकीकृत समाजवादी र राप्रपा र स्वतन्त्र सांसदले मत दिएका थिए । नेकपा एमालेका सांसदहरूले विपक्षमा मतदान गरे ।

विपक्षमा ११ मत खसेको छ । विश्वासको मतका लागि २७ मत आवश्यक थियो । ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १९, एमालेका १०,माओवादीका ११,नागरिक उन्मुक्तिका सात,नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन् । एमालेका १० र एक जना राप्रपा सांसदले विश्वासको मत दिएनन् ।तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट बहुमत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल काँंग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यतिबेला नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा एमाले नेतृत्वको प्रदेश सरकार सोही दिन ढलेको थियो ।

 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update