Shittalpati
लकडाउनले छोएन स्नानलाई

इमान सिं राना
पाल्पा (रामपुर) । नयाँ वर्षको अवसरमा पवित्र कालीनदीमा एका विहानै पुगेर स्थानीयहरुले स्नान गरे । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट जोगाउन सरकारले लकडाउन जारी राखे पनि स्थानीयहरु भने एका विहानै नदी किनारमा पुगेर स्नान गरेका हुन् ।

नयाँ वर्षको दिनमा नदीमा गई स्नान गर्नाले पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेकाले स्थानीयहरु लकडाउनका बेला पनि कालीनदी किनार पुगेका थिए । विगतका वर्षहरुको तुलनामा उपस्थिती कम भए पनि जिल्लाका विभिन्न घाटहरुमा स्थानीयहरु पुगेका देखिन्थे । पाल्पाको रिडी, राम्दी, आँधीघाट, भुजात घाट, तातोपानीघाट, रामघाट, केलादी, बेलघाट लगाएतका स्थानहरुमा स्थानीयहरु स्नानका लागि पुगेका थिए । गण्डकीबेशी क्षेत्रको पाल्पा, स्याङ्जा, तनहुँका नदी किनारमा स्थानयिहरुले स्नान संगै पुजा गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update