Shittalpati
क्वारेनटाइनमा रहेका ८ जना घर फर्किए

गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिका अन्तर्गत इस्वरी माध्यमिक विद्ययालय चारपालाको क्वारेनटाइनमा रहेका ८ जना घर फर्किएका छन् । क्वारेनटाईनमा बसेका उनीहरुको आरडिटीबाट रगत परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

उनीहरको १४ दिन पुगिसकेकाले आरडिटीबाट रगत परीक्षण गरिएको थियो । उनीहरुको अवस्था सामन्य रहेको र कोरोना रिपोर्ट नेगेटिभ आएकाले आ–आफ्नो घर पठाइएको गाउँपालिका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताए । परिवार तथा अभिभावकको जिम्मा लगाएर घर पठाएका सबैले एक हप्ता होम क्वारेनटाईन बस्ने प्रतिवद्द्ता समेत व्यक्त गरेका छन् । उनीहरु सबै काठमाडौंबाट बुटबल आई केहि दिन आफन्तकोमा घुमफिर गरी चैत्र १८ गते लकडाउनको समयमा गुल्मिदरबार गाउँपालिका वडा नम्बर ५ घर आएका थिए । क्वारेन्टाइनबाट डिस्चार्च गर्दै गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले क्वारेन्टाइन अवधि भित्र आ–आफ्नो क्षेत्रबाट अहोरात्र खटिई सेवा गर्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टाइन ब्यवस्थापक तथा कार्यपालिका सदस्य इश्वरी परियार अन्य जनप्रतिनिधि लगाएत सम्पुर्णलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update