Shittalpati
लकडाउन उल्लंघन गर्ने पाँच जना पक्राउ

गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकामा लकडाउन उल्लंघन गर्ने पाँच जना पक्राउ परेका छन् । वडा ३ गौडाकोट राजामा लकडाउन उल्लघंन गरेको भन्दै स्थानीय र गाउँपालिकाको सक्रियतामा बिहीबार राति पाँच जनालाई पक्राउ गरिएको हो ।

पर्वतबाट बाग्लुङ हुँदै दाङ जादै गरेका २ जना र सल्यानतर्फ जार्दै गरेका ३ जनालाई नियन्त्रणमा लिई स्वास्थ्यकर्मीको आरआरटी टिमले सामान्य चेकजाँच गरी सदरमुकाम पठाइएको छ । पक्राउ परेका २ जनाले दाङ जिल्ला तुल्सिपुर नगरपालिका ८ र ३ जनाले सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा ४ स्थायी घरतर्फ जादै गरेको बताएका छन् । पक्राउ परेकाहरुलाई रेसुा नगरपालिकासँगको समन्वयमा सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेकोक्वारेन्टाइनमा पठाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताए । उनीहरुलाई एम्बुलेन्समा राखी तम्घास पठाइएको स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालले बताए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । पक्राउ परेका उनीहरु तीन दिन अघि पर्वत कुस्माबाट पैदल हिडेर आएका थिए । पर्वतमा विद्यालय निर्माण कार्यमा लेवरको काम गर्दै आएका उनीहरु देशैभर लकडाउनका कारण निर्माण कार्य रोकिएपछि आफ्नो घर जान लागेका हुन् । स्मरण रहोस् गत मंगलबार पनि भारत र बुटबलबाट आएका ६ जनालाई नियन्त्रणमा लिइएको थियो ।    –रामकृष्ण कडेलको सहयोगमा

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update