Shittalpati
गुल्मीको इस्मामा आगलागीबाट एक घर जलेर नष्ट

रमेश विश्वकर्मा
गुल्मी, आगलागीबाट जिल्लामा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ । शुक्रबार विहान करिब ५ बजेतिर एक्कासी आगलागी भई जिल्लाको ईस्मा गाउँपालिका वडा नं. १ जुकेपानीका ठगबहादुर रानाको घर जलेर नष्ट भएको हो । मानवीय र पशुचौपायको भने कुनै पनि क्षति नभएको ईस्मा प्रहरी चौकीले जनाएको छ । टोलीका अनुसार ६ लाख ५९ हजार ५ सय बराबरको क्षतिको आँकलन गरिएको छ ।

वडाध्यक्ष खत्रीद्वारा सहयोग हस्तान्तरण
घर जलेर नष्ट भएको जानकारी पाएलगतै उद्धारका लागि आफूहरू घटनास्थलमा पुगेको वडाध्यक्ष चुराबहादुर खत्रीले बताए । आगलागी कसरी भयो भन्ने खुलेको छैन वडाध्यक्ष खत्रीले भने । वडाध्यक्ष खत्रीले तत्कालका लागि त्यस ५ जनाको परिवारलाई १५ हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । त्यस्तै वडाध्यक्ष खत्रीले एक क्वीन्टल चामल, ५ किलो दाल, नुन, तेल र ५ जनाको परिवारलाई लत्ता कपडा समेत उपलब्ध गराएका छन् । साथै वडा सदस्य जंगबहादुर खत्रीले पनि उक्त परिवारलाई ५ हजार नगद सहयोग गरेका छन् । गत वर्ष मात्रै उक्त घर जनता आवास कार्यक्रम मार्फत बनाईएको वडाध्यक्ष खत्री जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update