Shittalpati
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार

पाल्पा, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकिकृत कारोबार सुुरु गरेका छन् । उनीहरु एकापसमा गाभिएसँगै बुधबारदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन् । दुई बैंक गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड, कुल सम्पत्ति चार खर्ब ७१ अर्ब र कूल पुँजी ५८ अर्ब पुगेको छ । त्यस्तै कूल निक्षेप तीन खर्ब ६० अर्ब र कूल कर्जा तीन खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ । मर्जरपछि यो बैंकको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम दुई सय ७९ र ग्राहक संख्या ३० लाखभन्दा बढी रहेको पनि बैंकले जनाएको छ । दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।

नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व रहने छ । त्यसमा इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी र कविकुमार टिब्रेवाला तथा मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रुपमा रहेकमी मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालकका रुपमा रहने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update