Shittalpati
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

पाल्पा, पेट्रोल, डिजेल र मट्टितेलको घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी ३/३ रुपैयाँले घटाएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोलको भाउ १ सय ७५ र डिजेल तथा मट्टितेलको भाउ १ सय ७२ कायम भएको छ । एलपी ग्यासको भाउ भने यथावत छ । यसअघि पेट्रोलको भाउ १ सय ७८ र डिजेल तथा मट्टितेलको भाउ १ सय ७५ रुपैयाँ थियो । निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ । बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाहृय उडानका लागि महँगो शुल्क तिर्नुपरेको थियो ।

हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि आइतबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको थियो । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । ग्याँसमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update