Shittalpati
हवाई भाडा घट्यो

काठमाडौं, सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा रु एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौँ–भद्रपुरमा रु छ सय, काठमाडौँ–विराटनगरमा रु चार सय ८५, काठमाडौँ–जनकपुरमा रु दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु दुई सय १५ र काठमाडौँ–पोखरामा रु तीन सय २० भाडा घटेको छ । –रासस

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update