Shittalpati
रामपुरमा महोत्सव तथा व्यापार मेला हुँदै

पाल्पा, जिल्लाको दोस्रो व्यापारीक केन्द्रको रुपमा रहेको रामपुरमा महोत्सव तथा व्यापार मेला हुन लागेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सुस्ताएको आर्थिक क्षेत्रलाई चलयमान गराउन तेस्रो रामपुर महोत्सव हन लागेको हो ।

रामपुर उद्योग वाणिज्य संघले कोभिडका कारण सुस्ताएको आर्थिक क्षेत्रलाई चलायमान बनाउन माघ २७ गतेदेखि फागुन ८ गतेसम्म महोत्सव गर्न लागेको छ । स्थानीय कृषि वस्तुको बजारीकरण, कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार–प्रसार गर्ने, यहाँका कला र सांस्कृतिकलाई विश्वमाझ चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताए । उनका अनुुसार संघको भवन निर्माणको लागि आवश्यक स्रोत जुटाउन पनि महोत्सव गरिएको हो । महोत्सवमा स्थानीय उत्पादन, कृषि जन्य सामग्रीसँगै स्टल राख्नका लागि स्थानीय उद्योगी व्यवसायीहरुलाई प्राथमिकता दिने संघले जनाएको छ ।

यस्तै महोत्सवमा बालउद्यान, कृषि प्रदर्शनी, फोटो प्रदर्शन, र्‍याफ्टिङ्ग, प्यारागलाईडिङ्ग, हेलिकप्टरबाट दृश्य अवलोकन, सांस्कृतिक झाँकी प्रदर्शन, तेस्रो रामपुर डान्स आईडल समेत रहने छन् । संघले महोत्सवलाई व्यवस्थित तथा सफल बनाउन १ सय ५१ सदस्यीय मूूल आयोजक समिति, २८ सदस्य कार्य सम्पादन समिति र २७ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । महोत्सव रामतुलसी माध्यमिक विद्यालयको खेल मैदान बेझाँडमा हुनेछ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update