Shittalpati
आगन सहकारीको तेस्रो साधारणसभा

पाल्पा, तानसेनमा रहेको आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।

सभाको जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेलेले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पाण्डेले छोटो समयमा सहकारीले शेयर सदस्यहरुको हितमा गरेको कार्य प्रसंशनिय रहेको बताए । उनले सुपथ पसल सञ्चालन गरेर सहकारीले गुणस्तरीय सामग्री सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको खुसी व्यक्त गरे । उनले नाफामुखी नभइ सेवामुखी काम गर्दै आएका यस्ता सहरकारीलाई सरकारले आवश्यकता अनुसार सहयोग गर्नुपर्नेमा जोड दिए । विशिष्ट अतिथि तानसेन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत भरत आचार्यले सहकारीले विपन्न वर्गका नागरिकहरुलाई लगानी गरेर आर्थिकोपार्जनमा सहयोग गरेर अनुकरणीय काम गरेको बताए । टीकाराम बस्यालले जनताको हित हुने गरी सहकारीले काम गर्नुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष भीमलाल भट्टराईले आगन सहकारीले शेयर सदस्यको सुझाव सल्लाह लिएर नै गतिविधि सञ्चालन गरिरहेको बताए । यसमा आवद्ध शेयर सदस्यलाई स्वरोजगार बनाउने गरी ऋण लगानी गर्ने योजना बनाएर अगाडि बढेको उनको भनाई छ ।

संस्थाका उपाध्यक्ष गोपालप्रसाद बस्यालले सहकारीले शेयर सदस्यको हित विपरित काम नगर्ने बताए । सहकारीले सञ्चालन गरेको सुपथ पसललाई थप व्यवस्थित गरी आगामी दिनमा सबै शेयर सदस्यको माग अनुसार खाद्यवस्तु घरघरमै पु¥याउने योजना बनाएर अगाडि बढेको समेत उनले बताए । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा निर्वाचित यस संस्थाका सह–सचिव लक्ष्मी पाण्डे, सदस्य रामप्रसाद भट्टराई, शेयर सदस्य सुनिता श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

यसैबीच अध्यक्ष भीमलाल भट्टराईले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अम्बिका पाण्डेले पेस गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भविन्द्र गौतमले पेस गरेको आन्तरिक लेखा परीक्षणको प्रतिवेदन पारित गरिएको छ । संस्थाका अध्यक्ष भीमलाल भट्टराईको अध्यक्षता, सचिव मिलन विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update