Shittalpati
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब, २ अर्ब

पाल्पा, बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप अहिले ५३ खर्ब भन्दा बढी पुुगेको छ । नेपालका बंैक तथा वित्तिय संस्थाहरुले ५३ खर्ब दुुई अर्ब निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप संकलन भएको हो ।

पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग ५२ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा पुस २० गते ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । गत मंसिरको अन्तिमसम्ममा ५२ खर्ब हाराहारीमा रहेको निक्षेप संकलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ । पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ । बैंकिङ क्षेत्रको नाफाको प्रमुख आधार भनेको ऋण सापटी तथा लगानी नै हो । निक्षेप स्वरूप प्राप्त भएको रकमलाई बैंक तथा वित्तीय संस्थाहरूले धितो राखी वा विनाधितोमा व्यक्ति वा संस्थाहरूलाई एकातर्फ ऋण लगानी गरेर यसको परिचालन गर्छन् भने अर्कोतर्फ लगानीको रूपमा शेयरमा, अन्तरबैंक, ट्रेजरीबिल, बन्ड आदिमा परिचालन गरी निश्चित ब्याज आर्जन गरी नाफा वृद्धि गर्छन् ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update