Shittalpati
तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा

पाल्पा, तानसेनमा रहेको नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।

सभाको लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै मन्त्री रानाले सहकारीको माध्यमबाट ग्रामीण क्षेत्रका विपन्न नागरिकको जीवनस्तर उकास्नुुपर्ने बताएका छन् । उनले ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने दिशामा सहकारी लाग्नुपर्ने बताए । उनले सहकारीले आर्थिक कोरोबारसँगै विपन्न वर्गका नागरिकहरुको जीवनस्तर सुुधारतर्फ पनि ध्यान दिन सहकारीलाई आग्रह गरे । मन्त्रीले रानाले भने‘सहकारी अर्थतन्त्रको मेरुदण्ड हो त्यसको सही उपयोग गरी ग्रामीण क्षेत्रका नागरिकको जीवनमा सुुधार ल्याउनुु अहिलेको आवश्यकता हो । ’ उनले आगामी दिनमा सहकारीले ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्न सहकारीलाई आग्रह गरे । विशिष्ट अतिथि नेपाली काँग्रेसस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले अहिलेको आवश्यकता रोजगार र उत्पादन भएकाले त्यसतर्फ ध्यान दिन सहकारीलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरेले सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्धिको दिशामा अगाडि बढ्न सहकारीलाई आग्रह गरे । बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईले पाल्पाका सहकारीहरु वित्तिय कारोबारका क्षेत्रमा अब्बल बन्दै गएको बताए । उनले न्यून आय भएका विपन्न, पीछडिएका वर्गहरुको जीवनस्तर उकास्न सहकारीले खेलेको भूमिका अत्यन्त प्रशंसनिय रहेको धारण व्यक्त गरे । रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले आर्थिक विकासका लागि सहकारीहरुसँग स्थानीय सरकारले सहकार्य गर्दै अगाडि बढ्ने बताए । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, लक्ष्मी सहकारी संस्थाका अध्यक्ष हरी रायमाझी, नेपाल प्रेस युनियन पाल्पाका सभापति भरत शर्मा लगायतले सहकारीको सफलताको शुुभकामना व्यक्त गरेका थिए ।

सहकारीका अध्यक्ष झमनबहादुर राज मगरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा सहकारीको शेयर सदस्य वृद्धि गर्दै विपन्न नागरिकहरुको जीवनस्तर उकास्ने कामलाई प्राथमिकता दिइने बताए । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउने र विदेशीने युवाहरुलाई गाउँमै लघुु उद्यमशीलता सिर्जना गर्ने खालका कार्यक्रम ल्याउने समेत बताए । कार्यक्रममा सहकारीका परिकल्पनाकार तथा लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानालाई सम्मान समेत गरिएको छ । यस्तै सहकारीले उत्कृष्ट बचतकर्ता भवानी शर्मा, सुरेश कर्माचार्य र समयमा कर्जा भुक्तानी गर्ने पूर्णीकला सार्की र दिप चित्र सुुवाललाई पनि सम्मान गरेको सहकारीका व्यवस्थापक डोलराज अर्यालले बताए ।

कार्यक्रममा सस्थाका कोषाध्यक्ष सुनिता अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुलाई व्यवसायिकतर्फ उन्मूख गराउने बताएकी छन् । लेखा तथा सुपेरिवेक्षक समितिका संयोजक महेश्वर श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीमा अहिले ३ सय २३ शेयर सदस्य रहेका छन् । कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराई, हास्य कलाकार फडिन्द्र बस्याल र छमछमकला केन्द्रका कलाकारहरुले समेत सांस्कृतिक प्रस्तुति राखेका थिए । संस्थाका अध्यक्ष झमनबहादुर राज मगरको अध्यक्षता, सदस्य शान्ति झेडीको स्वागत, सचिव अशेष भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । 

 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update