नवजनचेतना राष्ट्रिय दैनिक २०७७ साउन २३ गते शुक्रबार
शुक्रबार, साउन २३, २०७७
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो
बिहीबार, साउन २२, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार मात्र पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको थियो ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ को मृत्यु
बिहीबार, साउन २२, २०७७
प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेश पाँचको नवलपरासी, रुपन्देही, दाङ, पाल्पा र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो । नवलपरासी सुनवल नगरपालिका १३ मा तेजाब सेवनबाट एक पुरुषको मृत्यु भएको छ ।
पाल्पामा तीतेपातीबाट तेल उत्पादन
बिहीबार, साउन २२, २०७७
पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिव १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढंगले चल्न सकेको थिएन ।
यातायातमा जोरबिजोर प्रणाली लागू
बिहीबार, साउन २२, २०७७
मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
टेबल टेनिस खेलाडी अभ्यासमा फर्किए
बिहीबार, साउन २२, २०७७
सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि जुरमुराउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई क्वारेन्टाइनमा राखिसकेको छ भने ब्याड्मिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ ।
बीपी : संक्षिप्त जीवन यात्रा
बिहीबार, साउन २२, २०७७
कृष्ण प्रसाद कोइराला र दिब्यालक्ष्मी कोइरालाको सुयोग्य सुपुत्र विश्वेश्वर प्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भाद्र २४ गतेका दिन भएको हो । न्वारनको नाम चुडामणि भएता पनि भगवान विश्वनाथको स्मृतिमा विश्वेश्वर प्रसाद रहन गयो । उ
परीक्षण गरेर मात्र घर पठाउ
बिहीबार, साउन २२, २०७७
पाल्पाका ५ सय ६० कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा राखेर उपचार गरिदै आइएको थियो ।
कृषि प्रधान देशमै मलको अभाव, किसान चिन्तित
बिहीबार, साउन २२, २०७७
नेपाललाई कृषि प्रधान देश भनिन्छ तर देश कृषिमा आत्मनिर्भर छैन । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषिमा संलग्न छन् ।
कोरोना बिमाको दाबी भूक्तानी
बिहीबार, साउन २२, २०७७
जिल्लामा कोरोना बिमा दाबी भुक्तानी गरिएको छ । कोरोना बिमा गराएका गुल्मीदरबार गाउँपालिकाका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको एक लाख रकम भुक्तानी गरिएको हो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
बुधबार, साउन २१, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री
बुधबार, साउन २१, २०७७
जिल्लाको तानसेनमा रहेको पाल्पा सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
धर्मचक्र बौद्ध युवा संघ, धर्मचक्र महाविहार तानसेनले एक कार्यक्रमको आयोजना गरी पाल्पा सिबिआरमा रहेका फरक क्षमताका बालबालिकाहरुका लागि खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको हो ।


