Shittalpati
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ को मृत्यु

पाल्पा । प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेश पाँचको नवलपरासी, रुपन्देही, दाङ, पाल्पा र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो । नवलपरासी सुनवल नगरपालिका १३ मा तेजाब सेवनबाट एक पुरुषको मृत्यु भएको छ । सोही स्थानका ५४ वर्षका भरत विकले घरायसी झै–झगडाको विषयलाई लिई आफ्नै सुनचाँदी पसलमा रहेको तेजाब (एसिड) सेवन गरी मृत्यु भएको प्रहरीको प्रदेश कार्यालयले जनाएको छ । तेजाब सेवन गरेका उनको तिनाउ इन्टरनेश्नल हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका ३ गुरबनियामा रहेको सिद्धार्थ सिमेन्ट फ्याक्ट्रीमा मिलरको काम गर्ने एक भारतीयको पुरुषको मृत्यु भएको छ ।

भारतको बिहार थाना अचाबद घर बताउने २७ वर्षको मुकेश कुमार गौड कुर्सीमा बसिरहेको अवस्थामा एक्कासी ढल्न गई निधारमा सामान्य चोट लागि बेहोस भएका थिए । उनको उपचारका क्रममा भिम अस्पताल भैरहवा मृत्यु भएको हो । दाङको तुलसीपुर उप महानगरपालिका ९ अस्वारमा एक युवतीको मृत्यु भएको छ । सोही स्थानकी २० वर्षकी सिर्जना चौधरी आफ्नै घरको सुत्ने कोठाको पंखामा सलको पासो लगाई झुण्डिदा उनको मृत्यु भएको हो । त्यस्तै पाल्पाको रामपुर नगरपालिका ८ मा पनि एक महिलाको मृत्यु भएको छ । कोलटार बस्ने रामबहादुर विकको श्रीमती ५० वर्षकी भगवती विकको आफ्नै घरको सुत्ने कोठामा काठको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको हो । रोल्पाको रुन्टीगढी गाउँपालिका ९ सखीमा एक पुरुषकोे मृत्यु भएको छ । टेकबहादुर विकको छोरा ४४ वर्षको दुर्गाबहादुर विक आफ्नो घर भन्दा १ किलोमिटर पश्चिम म्यालको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको हो । त्यस्तै नवलपरासीको सरावल गाउँपालिका ४ बडसारेमा विष सेवन गरी एक पुरुषको मृत्यु भएको छ । सोही स्थानका १८ वर्षका तवरेज आलम मिरले विषादी सेवन गरी भैरहवा मेडिकल कलेज रुपन्देही लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको प्रादेशिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update