नवजनचेतना राष्ट्रिय दैनिक २०७७ भदौ ३१ गते बुधबार
बुधबार, भदौ ३१, २०७७
सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा
मंगलबार, भदौ ३०, २०७७
बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन ।
१ असोजबाट हवाई टिकट बुकिङ खुल्ने, गन्तव्य तोक्न बाँकी
मंगलबार, भदौ ३०, २०७७
सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी अब बुकिङ खुलाउने तयारीमा जुटेका छन् । त्यसअगाडि कम्पनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् ।
ढोरपाटनका बाढी प्रभावितलाई सोलार
मंगलबार, भदौ ३०, २०७७
ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १ सय २६ थान घरेलु सौर्य ऊर्जा प्रणाली (सोलार) प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य केशवराज शर्माले संयुक्तरूपमा सोलार हस्तान्तरण गरेका हुन् ।
रोग, शरीरको प्रतिरक्षात्मक क्षमता र जडिबुटी
मंगलबार, भदौ ३०, २०७७
हरेक जीवको शरीरमा एक त्यस्तो सिस्टमको रचना गरिएको छ जसले शरीरलाई हानी पुर्याउने कुनै पनि तत्वलाई सकेसम्म शरीरभित्र पस्न नदिने र कुनै कारणबस पसिहालेमा त्यसलाई मार्ने काम गर्दछ त्यस सिस्टमलाई रोग प्रतिरोधात्मक क्षमता अर्थात् ईम्युनिटिपावर भनिन्छ । सुक्ष्म हानिकारक जीवहरु हाम्रो शरीरमा दैनिक हजारौको मात्रामा प्रवेश गर्दछन् तर कोषको बाहिरी...
मिलेमतोमा नदी दोहन, सम्झौता भन्दा दश गुणा नदीजन्य पदार्थ निकासी
मंगलबार, भदौ ३०, २०७७
जिल्लामा स्थानीय सरकार र ठेकेदारको मिलेमतोमा जथाभावी नदी दोहन भएको खुल्न आएको छ । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाका १ को कालीगण्डकीको भोटाहाघाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको खुल्न आएको हो ।
कोरोनाको बहानामा अन्य विरामीलाई सास्ती नदेऊ
मंगलबार, भदौ ३०, २०७७
नेपालमा कोरोना भाइरस अस्वाभाविक ढङ्गले वृद्धि भएको छ । जसले गर्दा देशभरका अधिकांश अस्पतालहरु कोरोना नियन्त्रणका लागि कोभिड अस्पतालमा रुपान्तरण भएका छन् ।
पाल्पामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि
सोमबार, भदौ २९, २०७७
जिल्लामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत पाँच जना र एक जना विरामीमा कोरोना पोजेटिभ देखिएको हो ।
पाल्पामा पनि बाल दिवसमा भर्चुअल बहस
सोमबार, भदौ २९, २०७७
‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ भर्चुअलरुपमा देशैभर मनाइएको छ । विभिन्न संघसंस्थाहरुले दिवसका अवसरमा भर्चुअल कार्यक्रममार्फत गोष्ठी, बहसका कार्यक्रम आयोजना गरे ।
पहिराले पाँच घर पुर्यो, एक बेपत्ता
सोमबार, भदौ २९, २०७७
अविरल वर्षाका कारण आएको पहिराले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।
छोराद्वारा आमाको हत्या
सोमबार, भदौ २९, २०७७
झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।
कपिलवस्तुकी कोरोना संक्रमितको मृत्यु
सोमबार, भदौ २९, २०७७
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।


