भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा सापकोटा
आइतबार, पुस २६, २०७७
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
आइतबार, पुस २६, २०७७
सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।
गैँडाको ‘केटी’ मृत फेला
आइतबार, पुस २६, २०७७
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो ।
बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण
आइतबार, पुस २६, २०७७
बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितिकी छन् । ढाकामा आइतबार भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो प्रतिस्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन्...
फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे
आइतबार, पुस २६, २०७७
दोलखाको मेलुङ गाउँपालिका–१ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।
विज्ञापन ऐनको पालना नगर्नेलाई कारवाही
आइतबार, पुस २६, २०७७
सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो ।
पाल्पामा राष्ट्रिय कृषि गणनाको तयारी हुँदै
आइतबार, पुस २६, २०७७
जिल्लामा कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यले सातौं राष्ट्रिय कृषि गणना–२०७८ को तयारी सुुरु गरिएको छ । कृषकहरुको आयस्तर माथि उकास्न, कृषि पेशालाई प्रमुख आयश्रोतको रुपमा विकास गर्न, तीन वटै सरकारबाट कृषि पेशालाई उच्च प्राथमिकता दिन विविध विषयवस्तुमा केन्द्रित रहेर जिल्ला तथ्याङ्क कार्यालय पाल्पाले राष्ट्रिय कृषि...
एक सय ८० विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा
आइतबार, पुस २६, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिदै आएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिँदै आएको हो । गाउँपालिकाले यस वर्ष सामाजिक स्वास्थ्य बिमाबाट बञ्चित रहेका वडा ७ र ८ का १ सय ८० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ...
आलुको पकेट क्षेत्र बन्दै माथागढीको चिर्तुङ्गधारा
आइतबार, पुस २६, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले वडा ७ रहवासको चिर्तुङ्गधारालाई आलुको पकेट क्षेत्रको रुपमा विस्तार गर्न लागेको छ । आलुका लागि उपयुक्त क्षेत्र चिर्तुङ्गधारा रहेकाले आलुको पकेट क्षेत्र नै बनाउने गरी गाउँपालिकाले काम अगाडि बढाएको हो । अहिले यस क्षेत्रको २५ रोपनी क्षेत्रफलमा आलु लगाई सकिएको छ ।
पाल्पाको तानसेनमा शिशु मृत अवस्थामा फेला
शनिबार, पुस २५, २०७७
जिल्लाको तानसेन नगरपालिका ५ सितलडाँडामा शिशु मृत अवस्थामा फेला परेको छ । शनिबार दिउँसो ४ः४५ बजे सितलडाँडामा तानसेन रानिमहल भित्री सडक खण्डको सडक छेउमा बेवारिसे अवस्थामा शिशु मृत भेटिएको हो ।
मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा ज्ञवाली
शनिबार, पुस २५, २०७७
मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा अरुण ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको १० औं अधिवेशनबाट ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा रेणुका देवकोटा, सचिव सन्तवीर बराल, सहसचिब ठाकुर अधिकारी, कोषाध्यक्ष मधुदयाल सैजु र सदस्यहरुमा सरिफ गहतराज, सुशीला रेग्मी, रमा पन्त, बंकिमचन्द खनाल, बिष्णुकुमारी श्रेष्ठ र...
पाल्पा र गुल्मीमा पनि संसद् विघटनविरुद्ध काँग्रेसको प्रदर्शन
शनिबार, पुस २५, २०७७
संसद् विघटनको विरोधमा नेपाली काँग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद् विघटनलाई असंवैधानिक भनेको उसले पाल्पा, गुुल्मी सहित देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।
पाल्पाका थप २३ कोरोना संक्रमित निको भए, ८ थपिए
शनिबार, पुस २५, २०७७
पाल्पामा थप २३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २३ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका भित्रका १३ जनाले कोरोना जितेका छन् ।


