Shittalpati
गुल्मी सेवा समाज कतारद्वारा अक्षयकोषका लागि सहयोग

गुल्मी । गुल्मी सेवा समाज कतारले अक्षयकोषका लागि आर्थिक सहयोग गरेको छ । समाजले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुको लागि स्थापना गर्न लागेको अक्षयकोषका लागि आर्थिक सहयोग प्रदान गरेको हो । दरवार देउराली दर्शन सेवा समाज र गुल्मीदरबार गाउँपालिकामा रहेको युनाइटेड हेल्थ एण्ड फिट्नेस क्लब युएचएफसि बिच सहकार्य गरी स्थापना गर्न लागिएको ‘कलम र मलम’ नामक अक्षयकोषका लागि समाजले २२ हजार १ सय ५५ नगद सहयोग गरेको छ । समाजले आफ्नो स्थापना कालदेखि नै गुल्मीका दुखी, पीडित र विपद्मा परेकाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

केही समय अघि सवारी दुर्घटनामा परेका चारपाला निवासी रुपा खड्काका छोरा विनोद खड्काको उपचारका लागि कतारमा रहेका चारपालाबासी युवा साथीहरु र गुल्मी सेवा समाजको सहकार्यमा ४२ हजार सहयोग गरेको थियो । अहिलेसम्म यो अक्षयकोषका लागि २ लाख ५० हजार रकम संकलन भइसकेको क्लवले जनाएको छ । पढ्ने चाहाना भएका तर आर्थिक अभावका कारण विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको लागि ५ लाखदेखि १० लाखसम्मको अक्षयकोष स्थापना गर्ने तयारीमा रहेको युनाइटेड हेल्थ एण्ड फिट्नेस क्लवका अध्यक्ष इन्द्रबहादुर थापाले बताए । सहयोग गर्न चाहाने संघ संस्था वा कुनै पनि व्यक्तिले ग्लोबल आइएमइ बैंक शाखा गौडाकोटमा रहेको क्लबको खातामा आफ्नो नाम र सहयोगको उद्देश्य समेत खुलाई सहयोग प्रदान गर्न सकिने अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update