Shittalpati
मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै
मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको...
एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस
एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ ।
काँग्रेसका लागि भावी चुनौती
काँग्रेसका लागि भावी चुनौती एकाएक मुलुकको राजनैतिक चरित्र परिवर्तन हुँदै जाने संकेत अगाडि देखिएका छन् । संघीय संसद्को विघटन पछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र नेकपाबाट विभाजित हुँदै गरेको प्रचण्ड माधव नेपाल गुटबीच हेलमेल हुँदै गर्दा संसद् पुनःस्थापना होस् या नहोस् फेरि राजनैतिक शिखण्डीहरुका लागि नयाँ अवरसर आएको अनुभूति हुने देखिएको छ ।
नेपालमा थप ३ सय ३६ जनामा कोरोना
नेपालमा थप ३ सय ३६ जनामा कोरोना नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई अनुदान
तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई अनुदान तिलोत्तमा नगरपालिकाले दूग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत दूग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो ।
आइपुग्यो कोरोना विरुद्धका खोप
आइपुग्यो कोरोना विरुद्धका खोप कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे ।
कोशेलीघर सहकारी संस्थाको आठौं साधारण सभा तथा तेस्रो अधिवेशन, अध्यक्षमा  पाण्डेय
कोशेलीघर सहकारी संस्थाको आठौं साधारण सभा तथा तेस्रो अधिवेशन, अध्यक्षमा पाण्डेय कोशेलीघर सहकारी संस्था लिमिटेड गुल्मीकोआठौँ साधारण सभा तथा तेस्रो अधिवेशन भएको छ । तेस्रो अधिवेशनबाट अध्यक्षमा श्यामकुमार पाण्डेय, उपाध्यक्षमा अमृतादेवी कुँवर, सचिवमा हरिप्रसाद पोखरेल, कोषाध्यक्षमा वीरबहादुरकार्की सर्वसहमत निर्वाचित भएका छन् ।
दुग्ध उत्पादनका आधारमा अनुदानः किसान उत्साहित
दुग्ध उत्पादनका आधारमा अनुदानः किसान उत्साहित दूध उत्पादनमा आत्मानिर्भर बागलुङका किसानले सहकारी र समूहमा आवद्ध भएर दूधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दूधको उत्पादन बढाउने र किसानलाई थप व्यावसायिक र अत्मानिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्न थालेको छ ।
पाल्पाको कोरोना अपडेट, संक्रमित भन्दा निको हुने बढ्दै
पाल्पाको कोरोना अपडेट, संक्रमित भन्दा निको हुने बढ्दै पछिल्लो समय जिल्लामा संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेहरूको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा कोरोनाबाट ३८ जना व्यक्ति निको भएका छन् भने २१ जना संक्रमित थपिएका छन् ।
न्यायमाथिको विश्वास नटुटोस्
न्यायमाथिको विश्वास नटुटोस् संसद् विघटनका विरुद्वमा परेका रिटहरु उपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावना विपरीत हठात प्रतिनिधिसभा विघटन निर्णय गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको ३१ दिन कटिसकेको छ ।
Weather Update