ग्लोबल आइएमई बैंकद्वारा छात्रवृत्ति प्रदान
आइतबार, पुस १४, २०८१
एमडिआरटी २०२५ का लागि पाल्पाबाट कला बस्याल चयन
शनिबार, पुस १३, २०८१
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाबाट कला बस्याल एमडिआरटी २०२५ का लागि चयन भएकी छन् । कम्पनीको पाल्पा शाखाबाट बस्यालले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी हुन् ।
लुम्बिनी र कर्णाली प्रदेशबीच विकासका लागि प्रतिवद्धता
शुक्रबार, पुस १२, २०८१
लुम्बिनी प्रदेश र कर्णाली प्रदेशसरकारले विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले दुुई प्रदेशको विकासर समृद्धिमा एक आपसमा सहकार्य गर्ने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
चर्च ब्वाइजको पुनरागमन जित
शुक्रबार, पुस १२, २०८१
एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु भएको एन्फा यू–१६ लिगमा चर्च ब्वाइजले संकटाविरुद्ध २–१ को पुनरागमन जित हात पारेको हो ।
आज साँझदेखि हिमपात र वर्षाको सम्भावना
शुक्रबार, पुस १२, २०८१
आज शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ ।
किसानलाई रुवाएर देश समृद्ध बन्दैन
शुक्रबार, पुस १२, २०८१
अर्थतन्त्रको मुख्य आधार कृषि हो । देशको अर्थतन्त्रको ठूलो हिस्सा समेत कृषिले नै ओगटेको छ । कृषि कर्मलाई संवेदनशील पेसाको रूपमा हेरिएको पाइन्छ । उत्तम खेती, मध्यम व्यपार र तल्लो श्रेणीमा नोकरी भन्ने भनाइ पनि छ । तर राज्य तवरबाट यही पेशा गर्नेहरु पीडित छन् ।
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’
बुधबार, पुस १०, २०८१
इसाई धर्मावलम्बीले बुधबार (२५ डिसेम्बर) धुमधामका साथ क्रिसमस मनाएका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका हुुन् ।
मिर्मिमा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
बुधबार, पुस १०, २०८१
स्याङजाको कालीगण्डकी गाउँपालिका–३ विर्घा–मिर्मी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आलमबाट बिर्घातर्फ जाँदै गरेको लु ४ त ७८३१ नम्बरको टयाक्टर दुर्घटना हुँदा बारा–गढीमाई नगरपालिका – ११ का २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको हो ।
कैलाशनगर मिडियाकी प्रबन्धक भट्टराईलाई पितृ शोक
मंगलबार, पुस ९, २०८१
कैलाशनगर मिडिया प्रालिका प्रबन्धक इन्द्र भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका ९३ वर्षीय पिता जदुपति पाण्डेको मंगलबार बिहान निधन भएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
मंगलबार, पुस ९, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, दाङ, सर्लाही, मकवानपुर, ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
काँग्रेसको सय दिने अभियान : पाल्पामा अभिमुखीकरण
मंगलबार, पुस ९, २०८१
नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।


