भित्र रविको बयान, बाहिर सहकारी पीडितको आन्दोलन
बुधबार, कात्तिक २८, २०८१
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा
मंगलबार, कात्तिक २७, २०८१
श्रीनगर यातायात सेवा कम्पनी प्रालिले पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा मेला हेर्न जाने श्रद्धालु भक्तजनहरुका लागि यातायातको सहज व्यवस्था मिलाएको छ । कम्पनीले मंगलबारदेखि सुुरु भएको यस वर्षको सत्यवती मेला हेर्न जानेहरुका लागि सहज यातायतको व्यवस्था गरेको हो ।
मिर्गौलापीडित सागरको याचना : ‘म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्’
मंगलबार, कात्तिक २७, २०८१
गुुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडाका २६ वर्षीय सागर रायमाझीको दुवै मिर्गौलाले काम गर्दैन । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनले काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराउँदै आएका छन् ।
गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ
मंगलबार, कात्तिक २७, २०८१
गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो ।
रविलाई भैरहवा ल्याइयो
मंगलबार, कात्तिक २७, २०८१
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको विषयमा अनुसन्धान गर्न भैरहवा ल्याइएको छ ।
नेप्से निरन्तर उकालो यात्रामा
सोमबार, कात्तिक २६, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर उकालो यात्रामा रहेको छ । आइतबार ६२ दशमलव ५४ अंकले उकालो लागेको नेप्से सोमबार पनि उकालै यात्रामा रहेको हो ।
रवि लामिछानेलाई भोली भैरहवा ल्याइँदै
सोमबार, कात्तिक २६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि भोली (मंगलबार) भैरहवा ल्याइँदै छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको कसुरमा जारी रहेको अनुसन्धानका लागि बयान लिन रविलाई भैरहवा ल्याउन लागिएको हो ।
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
सोमबार, कात्तिक २६, २०८१
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्युु भएको छ । जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जिप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
रवि लामिछाने थप १३ दिन हिरासतमा रहने
आइतबार, कात्तिक २५, २०८१
रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालतले आइतबार थप १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
साइकलबाट गरियो पाल्पाका पर्यटकीयस्थलहरुको अवलोकन
आइतबार, कात्तिक २५, २०८१
पाल्पाका ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको साइकलबाट अवलोकन गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा भएको दुई दिने हेरिटेज राइडमार्फत यहाँका पर्यटकीयस्थलहरुको अवलोकन गरिएको हो ।
दुई वर्षपछि भैरहवामा रौनक
आइतबार, कात्तिक २५, २०८१
भैरहवा विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि रौनक छाएको छ । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेपछि यहाँ रौनकता छाएको हो ।
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै
आइतबार, कात्तिक २५, २०८१
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ ।
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ)
शुक्रबार, कात्तिक २३, २०८१


