बाढी–पहिरोका कारण गुल्मीको पुर्तिघाट बजार जोखिममा
बिहीबार, असार २४, २०७८

पाल्पाको तिनाउमा पहिरोले घर पुरिदा एकको मृत्यु, एक वेपत्ता
बिहीबार, असार २४, २०७८
पाल्पामा गएराती देखी परेको अविरल बर्षाका कारण पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । पहिरोमा परी ६ जना घाईते छन् । तिनाउँ गाउँपालिका – ५ गिट्टी खानी, हिउदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर बगाउदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको छ ।

निस्दीका विपन्न परिवारलाई राहत सामग्री
बुधबार, असार २३, २०७८
जिल्लाको निस्दी गाउँपालिका भित्र रहेका विपन्न परिवारका लागि राहत सामग्री वितरण गरिएको छ । रुम टु रिड नेपालको आर्थिक सहयोग र पछौटेपन उन्मुलन समाज (बेस) नेपालको समन्वयमा यहाँका विपन्न ३४ घरपरिवारलाई विभिन्न राहत सामग्री वितरण गरिएको हो ।

पाल्पामा विद्यार्थीलाई खोप उपलब्ध गराउन नेविसंघको माग
बुधबार, असार २३, २०७८
नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले विद्यार्थीहरुलाई कोभिड खोप उपलब्ध गराउन माग गरेको छ । कोरोना महामारीबाट विद्यार्थीहरु समेत प्रभावित भएको भन्दै नेविसंघले खोप उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको हो ।

पाल्पा कोरोना अपडेट : बुधबार ७० जनामा संक्रमण, ३९ संक्रमित निको
बुधबार, असार २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७० जनामा कोरोना संक्रमण देखिएको हो ।

गुल्मी खड्गकोटका उपभोक्तालाई विद्युत महसुलमा छुट
बुधबार, असार २३, २०७८
जिल्लाको कालिगण्डकी गाउँपालिका– ६ खड्गकोटका उपभोक्ताहरुलाई विद्युत महसुलमा छुट दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण प्रभावित उपभोक्ताहरुलाई राहत स्वरुप तीन महिनाको विद्युत महसुलमा शतप्रतिशत छुट दिइएको हो ।

पाल्पामा टिपर दुर्घटना:चालकको मृत्यु
बुधबार, असार २३, २०७८
जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरे स्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । चुन ढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नंम्वरको एआर कन्स्ट्रक्सन टिपर सिद्धार्थ राजमार्गमा आज विहान दुर्घटना भएको हो ।

पत्रकारितालाई पेसाको रुपमा स्थापित गर्न सकिएको छैन: पहाडी
मंगलबार, असार २२, २०७८
राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडीले पत्रकारितालाई अझै पनि पेसाको रुपमा स्थापित गर्न नसकिएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति गुल्मीले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष पहाडीले समाजले अझै पनि पत्रकारितालाई पेसाको रुपमा स्वीकार्न नसकिरहेको बताएका हुन् ।

पाल्पा कोरोना अपडेट : मंगलबार ३७ जना नयाँ कोरोना संक्रमित थपिए, १७ संक्रमित निको
मंगलबार, असार २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपाल एसबिआई बैंकले दियो कोभिड अस्पताललाई बेड
मंगलबार, असार २२, २०७८
नेपाल एसबिआई बैंकले जिल्लाका कोभिड अस्पतालहरुलाई बेड उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य कार्यालय पाल्पामार्फत पाल्पा अस्पताल र दुईवटा स्थानीय तहका कोभिड अस्पतालहरुमा बेड सहयोग गरेको हो ।

१५ कम्पनी कालोसूचीमा
मंगलबार, असार २२, २०७८
सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ ।