Shittalpati
सतीले सरापेको देश कहिले सम्म भनिरहने ?

देशमा राजनितिक उथलपुथल भयो । दुई तिहाई बहुमत प्राप्त नेकपाले सरकार सञ्चालन गर्न सकेन अथवा सरकारले पूरा कार्य काल काम गर्न सकेन । राम्रा भनिएका व्यवस्था असफल भए । बिचमै ससद् विघटन भयो । विकास निमार्ण अपुरो र भष्ट्रचार भयो । सत्ता र कुर्सीको लागि राजनितिक दलहरु एकआपसमा लडे । आज सम्म पनि नेपाल गरीव र विकास उन्मूख देशकै रुपमा रहँदा । रोजगारीको अभावमा विदेशीनु पर्दा । हामी कसैलाई दोष दिदैनौ, कसका कारण यो भै रहेको छ खोज्दै नौ मात्र हामी चुपचाप सजिलै भन्ने गर्दछौ सत्तीले सरापेको देश हो यहा सधै यस्तै हो । युवा, जेष्ठ नागरिक अझै राजनितिक कर्मी एकआपसमा कुरा गर्दा देशको परिस्थितिलाई लिएर निराशा व्यक्त गर्न पर्दा बोलिने शब्द पनि होे यो । बालयकालको अवस्थामा सुनेको यो शब्दले अहिले पनि उत्तिकै महत्व पाएको पाईन्छ । राज्यमा भएको अस्थिरता र निराशा व्यक्त गर्ने एउटै शव्द हो सत्तिले सरापेको देश । हामीले केहि भने जस्तो भएन भने देशलाई दोष दिन्छौ तर हाम्रा गलत व्यवहार तथा प्रवृत्ती,कमीकमजोरीलाई भने कहिलै औल्याउन भने खोज्दै खोज्दै नौ । यीनी विविध पक्षलाई यहाँ चर्चा परिचर्चा गर्न खोजिएको छ ।


छिमेकी भन्दा आफू धनी हुने सोचाइ राख्ने हाम्रा नेतृत्व छिमेकी देशहरु (सार्क राष्ट्र) भन्दा नेपाल आर्थिक लगायत हरेक पक्षमा कमजोर र सबै भन्दा कम हुनु र दिनप्रती दिन झन नकरात्मक अवस्थामा जाँदा कुनै पश्चाताप तथा लजाबोद नहुनु सरकारको नेतृत्व लिएका राजनितिक दलहरुको सबै भन्दा ठूलो कमजोरी वा भूलको रुपमा रहेको पाईन्छ । अरु देशको त कुरै नगरौ छिमेकी देशहरुमा अफगानिस्तान जुन आन्तरीक द्वन्दमा फसेको कारण अलि कम देखिन्छ भने अन्य देशको आर्थिक, शैक्षिक, प्रति व्यक्ती आय तथा जनताको जीवनस्तर को अवस्था नेपालको भन्दा धेरै उत्कृष्ट रहेको पाईन्छ । हिजो हामी भन्दा कमजोर भएका देशहरुसँग सहयोग माग्नु पर्ने नेपालका लागि दुभाग्यपूर्ण कूरा हो । भूटानले ३ लाख डोज खोप दियो हाम्रा सरकार सञ्चालन गर्नेहरु गर्व गर्छन् । सरकारको सफलता प्राप्त गर्‍यो भनी खुशी व्यक्त गर्छन् । कसरी हिजो हामी भन्दा आर्थिक अवस्थामा पछि परेको देशले आज हामीलाई सहयोग दिन सके त्यसतर्फ हाम्रा नेतृत्व कत्ति पनि चिन्तित भएको देखिदैन । अथाहा प्राकृतिक स्रोत र साधनले भरिपूर्ण यो देश विश्वकै अनुपम र विशिष्ट रुपमा रहेको छ । ४२ हजार मेगावाट विद्युत उत्पादन गरी अरवियन देशहरुले पेट्रोलियम पदार्थ बेचेर आम्दानी गरी आफूलाई अब्वल राखेझै हामीले white doller प्राप्त गर्न सकिने अथाहा सम्भावना रहेको छ । ६००० नदीनालाबाट सिंचाइ सुविधाको व्यवस्थापन गरी कृषिमा आत्मनिर्भर हुँदै निर्यात गर्ने प्रसस्त सम्भावनाहरु रहेका छन् । युरेनीयमदेखि लिएर हाम्रो आर्थिक अवस्था र जीवनस्तरमा सुधार गर्न सकिने खनिज सम्पदाहरु रहेका छन् । पर्यटक भित्राएर आफ्नो आर्थिक अवस्था उच्च राखेको देश सुजरल्याण्डको नारा दिने त्यस्तै सम्भावना बोकेको देशका लागि भने कुनै कार्यक्रम बनाउन नसक्नु अनि दोष अन्यलाई दिएर उम्कने खेल वर्षौदेखि यो देशका नेतृत्वले देखाउने प्रवृत्ति रहेको पाईन्छ । यस पक्षमा सुधार गर्नु जरुरी देखिन्छ । प्राकृतिक स्रोत र साधनको परिचालनको कुरा त के त्यस सम्बन्धी स्पष्ट योजना तथा ऐन नियम पनि बनाउन सकिरहेका छैनौ । कसले र कुन देशले बनाइदिने हो त्यसैको पर्खाइमा बसी रहेका छौं । हामीसँग रहेका स्रोत र साधनको प्रयोगमा मितव्यीता नअपनाउने फजुल खर्च अत्याधिक गर्ने वर्तमान देखि भूतपूर्वसम्म सेवा सुविधा सरकार पिछे सेवासुविधा थप्दै जाने र यसैलाई सफलता मान्ने अनि सतीले सरापेको देश भनेर गल्ती पन्छाउने काम राजनितिकर्मी / नेतृत्व वर्गबाट नै भएको पाईन्छ । हाम्रा गलत प्रवृत्तीहरु जुनसुकै शासन व्यवस्था आउँदा पनि सुधार गर्न नसक्नु बाँदरे प्रवृत्ती जीवीतै रहनु देशको यो अवस्था आउनुको मूख्य कारण हो । अझ पनि राजनितिक नेतृत्वबाट केहि अफ्ठयारो पर्दा कहिले राणालाई,कहिले राजालाई दोष दिने काम राजनितिक नेतृत्वबाट भएको पाईन्छ । यसबाट उनीहरुको नेतृत्व क्षमता कति छ भन्ने कुराको सजिलै मूल्याकंन गर्न सकिन्छ ।
सरकार, शक्ति र कुर्सीमा रहँदा एउटा कुरा र ती सबैबाट बञ्चित रही सत्तावाट बाहिर रहँदा अर्को कुरा गर्ने । वैदेशीक निति राजनितिक दल पिच्छे फरक हुने । एउटा सरकार परिर्वतन भएर अर्को सरकार आउँदा जनताका लागि केहि राम्रो काम गर्छन् की भनि आश गर्‍यो तर त्यसको विपरीत सरुवा, नियुक्ती फेरवदलबाट सुरु हुन्छ सरकारको कार्य/प्रमूख प्राथमिकता रहेको देखिन्छ । हाम्रा राजनितिक दल र तिनको नेतृत्वको यस्ता गलत व्यवहारले नेपाली जनतालाई सतिले सरापेको देश भन्न बाध्य गराएको पाईन्छ । आजको २१ औ शताव्दी पनि केहि सुगम ठाउँमा बाहेक अन्य स्थानका मानिसको दैनिकी ज्यादै कष्टकर रहेको छ । अरु सुविधाको त कुरै नगरौ राम्रो पैदल हिड्ने बाटो पनि नहुनु, झोलुङे पुलको अभावमा नदी खोला वारपार गर्दा जोखीमपूर्ण यात्रा गर्नु पर्ने , अव्यवस्थित नेपाल भारत सिमाना र त्यसबाट सिमाना वस्ने नेपालीले पाएको दुःखकष्ट त्यो दुखकष्टमा चुइक नबोल्ने र नसुन्ने सरकार, शिक्षा र स्वास्थ्य सुविधाको अभाव हुनु, शिशु र मातृमृत्यु दर कायमै हुनु, कुपोषणले वालबालीका ग्रसित हुनु केहि निराशाजनक सूचकहरु यथावत नै रहेको पाईन्छ । वैदेशीक सहयोग जती पनि लिने, जे पनि लिने, जस्तो सुकै शर्त स्वीकार गरे पनि लिने प्रवृत्ति नेपालको लागि ज्यादै घातक बनाएको पाईन्छ । मागेर खाने बानीले नेपालका नेतृत्व वर्गलाई अल्छी र लोभी बनाएको प्रष्ट देखिन्छ । यही कारण यिनीहरुमा योजना बनाएर देशलाई विकसीत बनाउने उद्देश्य पनि देखिदैन । देशको स्रोत साधनमा मितव्यीता नअपनाउने, जनताका लागि भन्दा पनि राजनितिक दलका कार्यकर्ताको रोजगारीका लागि बनाएको हो की ? भन्ने महशुस गराएको छ । जनतालाई राज्यको नयाँ सरचना । MCC बाट प्राप्त हुने ५५ अर्ब अमेरीकन डलर सहयोग विकासका लागि खर्च गर्नका लागि होइन भष्ट्रचार र कमिशनका लागि कसरी भित्रयाउने हो राजनितिक दलहरु बिच बाहिर जे कुरा गरे पनि भित्र भने एकअर्को बिच कसरी अमेरीकालाई खुशी पार्ने प्रतिस्पर्धा रहेको देखिन्छ । जनतालाई विकास र समृद्धि देखाउने तर सत्ता र सिमित व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि यस्तै गरी टनकपुर, महाकाली, गण्डक.. आदि राष्ट्रलाई दीर्घकालीन असर पार्ने सम्झैता हिजो नेपालका राजनितिक दलले गरिसकेको पाईन्छ ।


विश्वको त कुरै नगरौं सार्क राष्ट्रहरुमै नेपाल हिजो भन्दा आज झनझन आर्थिक तथा गैर आर्थिक सूचकका दृष्टिकोणले सबै भन्दा पछाडी पर्नु सबै भन्दा दुखद् पक्ष हो । विकास भएन भनेर हामीले राज्य सञ्चालनका लागि गरिएका अभ्यासहरु माथी प्रश्न चिन्ह खडा गरी रहयौ । तर राज्य सञ्चालन गर्नेको गलत प्रवृत्ति माथी कहिल्यै प्रश्न चिन्ह उठाउन नसक्नु/परिवर्तन गर्न नचाहनु नेपाल हरेक पक्षबाट पछाडी पर्नुको प्रमूख कारण हो । व्यवस्था मात्र होइन व्यवहार परिवर्तन हुनुपर्दछ । हाम्रो नेतृत्व वर्गको निजि स्वार्थ, सत्ता र कुर्सीको लागि गरिएको राजनिति परिवर्तन देश विकास र सेवा केन्द्रीत हुनु जरुरी देखिन्छ । निराशा हैन आशा र प्रसस्त सम्भावनाहरुले भरिएको देश हो नेपाल । आर्थिक वृद्धि, प्रतिव्यक्ति आय र जनताको जीवनस्तर माथी लैजान सकिने सम्भावनाहरु जीवी तै छन् यहाँ । हामीले धेरै लगानी गर्नु पनि केहि पर्दैन मात्र प्राकृतिक स्रोत र साधनको सहि प्रयोग गरे मात्र पुग्दछ । राज्यका अधिकार प्राप्त हरेक निकायको उद्देश्य देशको चौतर्फी विकासमा केन्द्रीत हुने हो भने राजनितिक क्रियाकलापबाट निराश भै जनताबाट भन्ने गरेको सतीले सरापेको देश भन्ने परम्परादेखि चल्दै आएको उखानको अन्त्य गर्न सकिने थियो की ?
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update