Shittalpati
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । यस वर्ष सुन्तला रङमा रंगेर महिला हिंसालाई अन्त गर भन्ने प्रतिविम्व सहित कार्यक्रम गरिदै छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग र विभिन्न गैरसरकारी संघसंस्थाले संयुक्त रूपमा दिवस मनाउने तयारी गरिरहेका छन् ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । तानसेन, रामपुर र रैनादेवी छहरामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । तानसेनमा अचेत अवस्थामा रहेका एक पुरुष, रामपुरमा नहरले बगाएर ल्याएको अवस्थामा एक व्यक्ति र रैनादेवी छहरामा रुखमा झुण्डिएको अवस्थामा अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी...
वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै
वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै पछिल्लो समय वाणिज्य बैंकहरूको निक्षेपमा कमी आउने क्रम जारी छ । नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्बले घटेको छ । गत असोजमा कूल ४२ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूमा मंसिरको पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब कायम भएको छ ।
पत्रकार शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा उठ्ने
पत्रकार शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा उठ्ने नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमका संस्थापक प्रधानसम्पादक अजयबाबु शिवाकोटीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् । उनले शितलपाटी डटकमसँग कुरा गर्दै आफू पूर्णरूपमा राजनीतिको मूलधारमा सक्रिय हुन पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।
तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुष मृत !
तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुष मृत ! जिल्लाको तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका –४ मखनटोलमा रहेको तानसेन स्पेश टाइम्स केवल अफिसमा काम गर्ने ३७ वर्षीय शिव चौधरीको मृत्यु भएको हो ।
रामपुरमा नहरले बगाउदै ल्याएको अवस्थामा शव भेटियो
रामपुरमा नहरले बगाउदै ल्याएको अवस्थामा शव भेटियो जिल्लाको रामपुरमा नहरले बगाउँदै ल्याएको अवस्थामा एक युवकको शव भेटिएको छ । रामपुर फाँट सिंचाई योजनाको नहरले बगाउदै ल्याएको अवस्थामा रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको शव भेटिएको हो ।
नेपालमा फेरि बढ्न थाल्यो कोरोना
नेपालमा फेरि बढ्न थाल्यो कोरोना पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । दैनिक जसो ३/४ सयको हाराहारीमा संक्रमित देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार ३ सय ८५ जनामा संक्रमण देखिएको थियो भने मंगलबार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
सडक दैनिक ११ घण्टा बन्द रहने
सडक दैनिक ११ घण्टा बन्द रहने तानसेन–तम्घास सडक खण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालयले उक्त सडक खण्ड १५ दिन दैनिक ११ घण्टाका दरले बाटो बन्द गर्ने सूचना जारी गरेको छ । कार्यालयले मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४...
आरनका लागि कच्चापदार्थ र कामदार अभाव
आरनका लागि कच्चापदार्थ र कामदार अभाव पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो ।
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड एनसेल आजियाटा लिमिटेडले दुई वटा अवार्ड प्राप्त गरेको छ । ग्रामिण क्षेत्रमा सेवाबाट बञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमबाट एनसेलले दुईवटा अवार्ड पाएको हो ।
पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी
पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी नेपाली काँग्रेस पाल्पाको प्रतिनिधिसभा क्षेत्रअन्र्तगतको निर्वाचनमा झमनबहादुर राजमगर र मुक्ति (माधव) जिसी क्षेत्रीय सभापतिमा विजयी भएका छन् ।
Weather Update