नवजनचेतना राष्ट्रिय दैनिक २०८० जेठ १९ गते शुक्रबार
शुक्रबार, जेठ १९, २०८०
पाल्पा गोल्डकप : स्वयम्भु युथले हरायो विष्णु पादुका युथलाई
बिहीबार, जेठ १८, २०८०
तानसेनको टुँडिखेलमा जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताको चौथो दिन विहीबार भएको खेलमा स्वयम्भू युथ क्लब काठमाडौं विजयी भएको छ । विष्णु पादुका युथ क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै स्वयम्भु युथ विजयी भएको हो ।
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या
बिहीबार, जेठ १८, २०८०
कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो ।
सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ
बिहीबार, जेठ १८, २०८०
नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता
बिहीबार, जेठ १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात मुख्य विषयमा सम्झौता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीले सात बुँदे सम्झौतामा हस्ताक्षर गरेको जानकारी गराइएको हो ।
सहयोग नहुँदा गौधाम टिकाउनै समस्या
बिहीबार, जेठ १८, २०८०
स्याङ्जाको गल्याङ नगरपालिका–११ बन्नेडाँडास्थित कृष्णगण्डकी आलमदेवी गौधाम एवं आध्यात्मिक चिन्तन संस्थामा रहेका गाई पाल्न समस्या हुँदै गएको छ । गोठ र चरन क्षेत्र गरी ११ रोपनी क्षेत्रफलमा फैलिएको गौधाममा लोपोन्मुख स्थानीय जातका १९ काठे गाई छन् । गोठाला खर्च, गाईका लागि घाँस, पराल, गोठ तथा चरन क्षेत्रको अभाव भएपछि समस्या...
माथामालिका एकीकृत कृषिको सार्वजनिक सुनुवाई
बिहीबार, जेठ १८, २०८०
जिल्लाको माथागढी गाउँपालिका–४, झडेवामा रहेका माथामालिका एकीकृत कृषि प्रालिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । संस्थाले भए गरेका गतिविधिहरुलाई एक औपचारिक कार्यक्रमका बिच आम नागरिक समक्ष सार्वजनिक गरेको हो ।
लेखा समितिमा १२१ उजुरी
बुधबार, जेठ १७, २०८०
सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ । विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरु लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् ।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
बुधबार, जेठ १७, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
लुम्बिनी प्रदेश : कानुन निर्माण प्रभावकारी, कार्यान्वयन फितलो
बुधबार, जेठ १७, २०८०
जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
बुधबार, जेठ १७, २०८०
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ ।
प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै
बुधबार, जेठ १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण नियन्त्रणमा प्रचण्ड चारदिने औपचारिक भ्रमणमा भारत जान लागेका हन् । गत वर्ष बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण भएको थियो । मोदीले लुम्बिनी भ्रमणका बेला नै नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको...


