Shittalpati

पाल्पा, (माथागढी) माथागढी गाउँपालिकामा कतिपय योजना भूक्तानीको विषयलाई लिएर जनप्रतिनिधी समेतको सहभागितामा कर्मचारी माथि अभद्र व्यवहार गरिएको खुलासा भएको छ । पिडित कर्मचारीले आफुहरुलाई वन्धक बनाएर चिरुवा दाउँराले प्रहार गरेको आरोप लगाएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । घटना अहिले देशभरमै चर्चित भई रहेको छ भने माथागढी अहिले तातेको छ । 

    असार २४ गते योजनाको भूक्तानीका क्रममा महालेखाको सुत्र ओभरलोड भएका कारण देशका धेरै स्थानीयतहमा भूक्तानीमा समस्या देखिए जस्तै पाल्पाको माथागढीमा यो समस्या देखिएको हो । सुत्र नचले पछि, समितिका खातामा भूक्तानी नभएको भन्दै कतिपय वडा अध्यक्ष समेतको संलग्नतामा लेखा र प्राविधिक शाखाका कर्मचारी वन्दी बनाएर कुटपिट गर्ने प्रयासका साथै तथानाम गाली गलौच गरिएको थियो । घटना अत्यान्तै दुःखद् भएको प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीको प्रतिक्रिया छ । लेखाका लागि सबै प्रक्रिया पुगेका भूक्तानीका फाईलहरुका भौचर उठी सकेको भए पनि सुत्र नचलेका कारण खातामा रकम नगएकाले प्राविधिक समस्या उत्पन्न भएको कुरा महालेखा र कोषतथा लेखा नियन्त्रण कार्यालयलाई समयमै जानकारी गराई सकेपछि, २७ र २८ गते नै सबै भुक्तानी भई सकेको छ । घटनाका  सम्बन्धमा गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीसंग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क भएन । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update