भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा
सोमबार, कात्तिक २०, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प
सोमबार, कात्तिक २०, २०८०
पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

पाल्पाको रम्भामा ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते
आइतबार, कात्तिक १९, २०८०
जिल्लाको रम्भा गाउँपालिका–३ सेरास्थित सिद्धार्थ राजमार्गमा ट्याक्सी दुर्घटना भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी घुम्तिमा अनियन्त्रित भई सडक छेउमा रोकि राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिन गई दुर्घटना भएको हो ।

रामपुरका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’
आइतबार, कात्तिक १९, २०८०
पाल्पाको रामपुर नगरपालिका भित्रका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ । रामपुर नगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

जाजरकोटमा भूकम्प : मृतकको संख्या १५७ पुुग्यो, १९७ घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म १५७ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

पाल्पा रारा सहकारीको २३ औं साधारण सभा
शनिबार, कात्तिक १८, २०८०
तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले २३ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा गरेको हो ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, कात्तिक १८, २०८०
आज देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्व अनुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल
शनिबार, कात्तिक १८, २०८०
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीले सम्बन्धित सबैलाई अपिल गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको भन्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका हुन् ।

जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प : ८० जनाको मृत्यु, १ सय ४० घाइते
शनिबार, कात्तिक १८, २०८०
पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडका भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

कालीगण्डकी नदीमा छोरा बचाउन हाम फाल्दा आमाको मृत्यु
शुक्रबार, कात्तिक १७, २०८०
छोरा बचाउन कालिगण्डकी नदिमा हाम फाल्दा आमाको मृत्युु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका –७ स्थित कालीगण्डकी नदीमा छोरा बचाउन हामफालेकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो ।

युएईलाई हराउँदै नेपाल विश्वकपमा
शुक्रबार, कात्तिक १७, २०८०
ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेको छ । एसिया क्वालिफार्यअन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।

जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा गायक कार्की
शुक्रबार, कात्तिक १७, २०८०
नेकपा (एमाले) सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा लोकदोहोरी गायक रुपेश कार्की चयन भएका छन् । पार्टी पूर्नसंरचनापछि तानसेनमा भएको जिल्ला अधिवेशनले गायक कार्कीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

सर्वोच्चको आदेशपछि रिगल पक्राउ
बिहीबार, कात्तिक १६, २०८०
सर्वोच्च अदालतको परमादेशसँगै योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको हो ।