गुल्मीको इस्मा गाउँपालिकामा काँग्रेस विजयी
सोमबार, जेठ २, २०७९

गुल्मीको इस्मा –२ मा एमालेको किल्ला भत्कायो काँग्रेसले
सोमबार, जेठ २, २०७९
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा गुल्मीको इस्मा गाउँपालिका –२ मा नेकपा एमालेको किल्ला भत्काएको छ । धेरै वर्षदेखि एमालेको गढ मानिएको इस्मा –२ मा काँग्रेसले यस पटक भने भत्काएको हो । यहाँ अन्तिम मत परिणामअनुसार वडा अध्यक्षमा नेपाली काँग्रेसका लोकनाथ आचार्य, महिला सदस्य रेनुका सारुसहितको प्यानलै विजयी भएको छ ।

गुल्मीको दुई पालिकामा काँग्रेस विजयी
सोमबार, जेठ २, २०७९
नेपाली काँग्रेसले गुल्मीका दुई पालिकामा विजयी हासिल गरेको छ । दुई पालिकाको अन्तिम मतगणना सार्वजनिक हुँदा काँग्रेसले जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकामा विजयी हासिल गरेको हो । रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी नगर प्रमुखमा निर्वाचित भएका छन् ।
.jpg)
पाल्पाको माथागढीमा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जित्यो
सोमबार, जेठ २, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जितेको छ । यहाँ नेकपा एमालेका यमबहादुर चिदी मगरले ६ हजार १ सय ९ मत ल्याएर विजयी भने उनका निकटत्म प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याए । उपाध्यक्षमा विष्णुमाया लुङ्चे निर्वाचित भएकी छन् ।
.jpg)
पाल्पाको तिनाउमा एमालेबाट अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा गठबन्धनबाट थापा विजयी
सोमबार, जेठ २, २०७९
जिल्लाको तिनाउ गाउँपालिकामा एमालेबाट अध्यक्षमा र उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । उनले ५ हजार ९० मत ल्याएर विजयी भए भने उनका निकटत् प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरे ।

रम्भा गाउँपालिकामा पुनः मतदानको माग, मतगणना अवरुद्ध
आइतबार, जेठ १, २०७९
जिल्लाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरिएको छ । गठबन्धन दलहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका हुन् । उनीहरुले रम्भा गाउँपालिका–५, ताँहुमा ७४ मत फर्जी भेटिएपछि पुनःमतदान गर्न माग गरेका छन् ।

माथागढीको तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
आइतबार, जेठ १, २०७९
जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म माथागढी गाउँपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमध्ये तीन वडामा काँग्रेस र एक वडामा नेकपा एमाले विजयी भएको छ ।

तानसेनका चार वडामा काँग्रेससहित गठबन्धन विजयी
आइतबार, जेठ १, २०७९
जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म तानसेन नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा चारै वटा वडामा काँग्रेससहित गठबन्धन नै विजयी भएको छ । तानसेन नगरपालिकाको–१ म नेपाली काँग्रेसका सुनिल कुमार बस्याल विजयी भएका छन् ।

रामपुरका तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
आइतबार, जेठ १, २०७९
जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म रामपुर नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा तीन वटा वडामा काँग्रेसको प्यानलै विजयी भएका छन् भने एक वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

रम्भा गाउँपालिका ५ मा एमालेको प्यानलै विजयी
शनिबार, वैशाख ३१, २०७९
जिल्लाको रम्भा गाउँपालिका ५ ताहुँमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बनेका खुमकान्त बस्यालको प्यानल विजयी भएको हो ।

पूर्वखोला १ मा एमालेको प्यानलै विजयी
शनिबार, वैशाख ३१, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिका –१ सिलुवामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बनेका गिरमान आले सहितको प्यानल विजयी भएको हो । आलेले १ हजार ४ सय ८८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका चुन बहादुर थापाले ४ सय ८६ मत ल्याए ।...

माथागढीको ८ मा काँग्रेसको प्यानलै विजयी
शनिबार, वैशाख ३१, २०७९
जिल्लाको माथागढी गाउँपालिका– ८ बहादुरपुरमा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको हो । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र...

‘कृषि र पर्यटनको विकास गरी रैनादेवीमा समृद्धि ल्याउँछु’
मंगलबार, वैशाख २७, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार रुक्मागत भट्टराईले कृषि र पर्यटन क्षेत्रको विकास गरी पालिकामा समृद्धि ल्याउने बताएका छन् । पाल्पाको राजनीतिक र सामाजिक क्षेत्रमा समेत परिचित भट्टराईले यहाँको सम्भावना कृषि र पर्यटनको रहेकाले त्यसको विकास गरी रैनादेवीको समृद्धि र विकास गर्ने बताए । एनजेडीसँगको कुराकानीमा भट्टराईले आफु...