निवर्तमान नगर प्रमुख र उप–प्रमुख नेकपा एसमा प्रवेश
आइतबार, भदौ ५, २०७९
दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक : मन्त्री चौधरी
बुधबार, भदौ १, २०७९
शहरी विकास मन्त्री मेटमणी चौधरीले दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार आयोजना गरेको गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनमा रहेका ठूला पार्टी, साना पार्टी एक्ला एक्लै मैदानमा उत्रिदा सबैको अस्तित्व खुम्चिने भएकाले आफ्नो अस्तित्व जोगाउनका लागि भए पनि गठबन्धन...
स्थानीय निर्वाचनको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाइनुपर्छ : पाल्पा काँग्रेस
बिहीबार, साउन २६, २०७९
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै सत्तारुढ दलमा सिट बाँडफाँडको बहस चरिहेको छ । केन्द्रमा सिट बाँडफाँडको बहस भइरहेका बेला नेपाली काँग्रेस पाल्पाले भने स्थानीय निर्वाचनको मतलाई आधार मानेर सिट बाँडफँड गर्नु पर्ने बताएको छ ।
एमाले पाल्पाले चुनावी प्रशिक्षण गर्दै
बिहीबार, साउन २६, २०७९
सरकारले आउदो मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन मिती घोषणा संगै जिल्लामा राजनीतिक दलहरु पुनःसक्रिय बनेका छन् । आउँदो निर्वाचनलाई केन्द्रीत गरी नेकपा एमाले पाल्पाले यही साउन २८ गते शनिबार जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने
शनिबार, साउन २१, २०७९
स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेको पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि तालमेल गर्ने भएका छन् ।
पाल्पामा एमाले प्रचार विभागको बैठक,कार्ययोजना निर्माण गर्न समिति गठन
बुधबार, साउन १८, २०७९
नेकपा एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागको पहिलो बैठक तानसेनमा बसेको छ । विभागको बुधबार तानसेनमा बसेको पहिलो बैठकमा विभागका सदस्यहरुले आ–आफ्ना विषयवस्तु तथा एजेण्डाका विषयमा छलफल गरेका थिए ।
‘डेमोक्रेसीमा हरेक व्यक्तिको मत समान हुन्छ’
आइतबार, साउन १५, २०७९
नेपाली काँग्रेसका सांसद तथा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुने बताएका छन् । नेपाल दलित संघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपाल प्रेस युनियनको आठ वर्षमा नयाँँ नेतृत्व, अध्यक्षमा लम्साल
सोमबार, साउन ९, २०७९
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा करिव आठ वर्षमा नयाँ नेतृत्व आएको छ । यही साउन ६ र ७ गते हेटौंडामा भएको नवौं महाधिवेशनले शिव लम्सालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
‘नागरिकता विधेयक नागरिकको हितमा छैन’
शनिबार, साउन ७, २०७९
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभएपनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए ।
माथागढीमा बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित
सोमबार, असार २७, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा पक्षपात गरेको भन्दै गाउँसभामा अनुपस्थित भएका छन् ।
प्रेस युनियनको केन्द्रीय सचिवमा अर्यालको उम्मेदवारी
आइतबार, असार २६, २०७९
लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा पाल्पाका माधव अर्यालले सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार तानसेनमा भएको नेपाल प्रेस युनियन पाल्पा शाखाको बैंठकमा केन्द्रीय सदस्य समेत रहेका अर्यालले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।


