Shittalpati
अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला

गुल्मी, जिल्लाको मुसिकोट नगरपालिका ४ भगलाममा अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको छ । भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर मुनी बगरमा उक्त पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो । शव पहिचान भने हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुरामणि पुनले बताए । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए ।

 

 

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update