हाइवे-विशेष

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

Shittalpati Reporter

तम्घास, गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।

आइतबार विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको छ ।  –रासस


प्रकाशित मिति: आइतवार, श्रावण २२, २०७९, ०१:२२:००
प्रतिक्रिया दिनुहोस्