Shittalpati
सडक दैनिक ११ घण्टा बन्द रहने

पाल्पा, तानसेन–तम्घास सडक खण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालयले उक्त सडक खण्ड १५ दिन दैनिक ११ घण्टाका दरले बाटो बन्द गर्ने सूचना जारी गरेको छ । कार्यालयले मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने जनाएको छ । तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्नका लागि सडक कार्यालयले बाटो बन्द गर्ने सूचना जारी गरेको हो ।

उक्त समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई सञ्चालन गर्न नदिने सडक डिभिजन कार्यालयले जनाएको छ । सडक कार्यालयले विगत दुई सातादेखि सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्रमा समेत बाटो निर्माण गर्न भन्दै रातिको समयमा बाटो बन्द गर्दैै आएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update