Shittalpati
रामपुरमा ट्याक्टर दुर्घटना : दुई घाइते

पाल्पा, जिल्लाको रामपुर नगरपालिका –८ आँपचौरमा ट्याक्टर दुर्घटना भएको छ । भुजातदेखि रामपुरतर्फ जाँदै गरेको लु २ त ६६०६ नम्बरको ट्याक्टर आँपचौरस्थित कालीगण्डकी करिडोर सडक खण्डमा शुक्रबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टरका चालक रैनादेवी छहरा गाउँपालिका –१ का २६ वर्षीय ज्ञानबहादुर रेस्मी मगर र ट्याक्टर सहचालक घिरिङ गाउँपालिका २ तनहुँका १८ वर्षीय सविन भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते दुवैको रामपुर अस्पतालमा उपचारपछि लुम्विनी मेडिकल कलेज रिफर गरिएको छ । ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिन पुगेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update