Shittalpati
गुल्मीको इस्मामा ३० वर्षीय पुरुष मृत फेला

तम्घास,गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर विहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।
कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए । –रासस

 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update