Shittalpati
गुल्मीमा जलेर एक बालिकाको मृत्यु

गुल्मी, जिल्लामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोलीकी ९ वर्षकी संगीता परियारको आगोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शुक्रबार घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा सल्ला सामुदायिक वनको डढेलोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लामा आगलागीका घटनाहरु बढ्दै गएका छन् ।

यता पाल्पामा पनि आगलागीका घटनाहरु बढेका छन् । पाल्पामा पनि एक हप्ता अघि आगोमा परि एक व्यक्तिको मृत्यु भएको थियो । आगो निभाउने क्रममा माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मान बहादुर सिंजालीको मृत्यु भएको हो । माथागढीको दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिंजालीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update