Shittalpati
पाल्पामा आगो निभाउने क्रममा एकको मृत्यु

पाल्पा, पाल्पामा आगो निभाउने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मान बहादुर सिंजालीको मृत्यु भएको हो । माथागढीको दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिंजालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो समय आगालागीका घटनाहरु बढेका छन् ।

 

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update