Shittalpati
गुल्मीमा पहिरो :एकै घरका चार जनाको ज्यान गयो

गुल्मी,जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो गएको छ । शुक्रबार परेको वर्षाका कारण पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको वडा अध्यक्ष हरी ज्ञवालीले जानकारी दिए । घर माथिबाट आएको ढुङ्गा सहितको पहिरोले राजु माझीको घर बगाएको हो । पहिरोमा पुरिएर उनको श्रीमति बिना माझी उनका २ छोरा र एक छोरीको ज्यान गएको वडा अध्यक्ष ज्ञवालीले बताए ।

साँझ ६ बजेपछि परेको अविरल वर्षाले पहिरो गएको हो । घटनास्थल सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटर पूर्वमा पर्छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । साझाँको घटना भएकाले अहिले जिल्लाबाट घटना स्थलतर्फ प्रहरी जाँदै गरेको जानकारी प्राप्त भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update