Shittalpati
नदीले बगाउँदा दुई जना बेपत्ता

बुटवल । रुपन्देहीमा तिनाउ नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा दुई जना वेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सियरी गाउँपालिका बस्ने ६ वर्षकी ज्योति चौधरी र बुटवल उपमहानगरपालिका वार्ड नम्बर ११ झोलुङ्गे पूल बस्ने १९ बर्षीय हरि दर्जीलाई तिनाउ नदिले बगाई बेपत्ता पारेको हो ।

सियरीकी ६ वर्षीया चौधरी हुजरआमसँग बाख्रा चराउन गएका बेला तिनाउ नदिमा नुहाउने क्रममा बेपत्ता भएकी हुन् भने दर्जी पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरु बेपत्ता भएको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बेथरीबाट गएको प्रहरी टोली खोज तलास लागेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update