Shittalpati
बुटवल बसपार्कमा फ्री वाइफाई

बटवल, बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्क क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर उपमहानगरले उक्त स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्री वाईफाई सेवाको मंगलबार उपमहानगर प्रमुख विद्यासुन्दर मुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

सेवाको शुभारम्भ गर्दै पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियान अन्तरगत निशुल्क वाइफाइ इन्टरनेट जडान गरेको बताए । उनले बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका रुपमा सञ्चालन हुने गरी अन्य सुविधाहरु समेत थप गर्दै जाने बताए । ‘हामीले अहिले शौचालय र स्नानलाई निशुल्क बनाएका छौं, खानेपानी र वाइफाइ इन्टरनेट निशुल्क भएको छ, उनले भने छिटै नै विश्रामस्थलहरु बनाएर यहाँ उच्च क्षमताका लाइटहरु जडान गर्ने कामको शुरुवात हुनेछ, यसले बसपार्कलाई सुरक्षित र सुविधासम्पन्न बनाउनेछ, जसले बस चढ्न र ओर्लिन आउनेहरु विश्राम गर्न अन्यत्र जानपर्ने बाध्यता हट्नेछ ।’

सर्वसाधारणले पहिलोपटक निःशुल्क वाईफाई प्रयोग गर्दा आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने हुन्छ । त्यसपछि आउने नोटिफिकेसनका आधारमा सुविधा पाइनेछ । बसपार्कभित्र लगइन गरेपछि मोबाइल एसएमएस प्राप्त हुने र एसएमएसबाट आउने कोड हालेपछि नब्बे मिनेटसम्म इन्टरनेट चलाउन सकिने वल्र्ड लिंकले जनाएको छ । मोबाइलको सेटिङ र सुरक्षाका कारण लगइन गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसको सबै तरिका बसपार्कमा राखिने सूचनाबोर्डमा उल्लेख हुने छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update