सुष्मालाई बक्सिङमा रजत पदक
कला/संस्कृति/मनोरन्जन
लोक दोहोरी गीत प्रतिष्ठान पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भट्टराई

पाल्पा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पामा नयाँ नेतृत्व आएको छ । प्रतिष्ठानको तानसेनमा भएको ८ औं अधिवेशनले लोक तथा दोहोरी गायक कमल भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कुुसल र बहुुप्रतिभाका धनी गायक भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
भट्टराई यस अघि प्रतिष्ठानको सचिव थिए । ‘सिद्धबाबा सडक खण्ड’ गीतमार्फत चर्चित बनेका गाायक भट्टराईले एक दर्जनभन्दा बढी गीत निकालीसकेका छन् । उनले चार दर्जन भन्दा बढी गीतमा शब्द संकलन गरेका छन् ।
अधिवेशनले प्रथम उपाध्यक्षमा रुपेश कार्की, द्धित्तिय उपाध्यक्षमा दीपक केसी, महिला उपाध्यक्षमा यसोदा कार्की, सचिवमा बविता खनाल, सह–सचिवमा गणेश न्यौपाने, कोषाध्यक्षमा धनी खाम्चा, सह–कोषाध्यक्षमा रामकृष्ण थापा र प्रवक्तामा ममता कोइरालालाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा सुुमित घिमिरे, दुुर्गा पाण्डे, जनकराज अर्याल, सागर कुंवर, शिव भट्टराई, सुशिल बस्याल, भरत खड्की, बविता विष्ट, अनिता ज्ञवाली, सीमा सारु, सकुन्तला गैरे, विजयी बम्डेल, श्रवण गोतामे र तुल्सा गाहा रहेका छन् । यस्तै प्रतिष्ठानको संरक्षकमा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्ध्यक्ष दुर्गा रायमाझी र प्रतिष्ठान पाल्पाकी निवर्तमान अध्यक्ष रेखा विष्ट रहेका छन् ।
अधिवेशनको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनीले उद्घाटन गरेका थिए । उनले समाजमा लोकगीत र संगीतको प्रभाव बढ्दै गएको भन्दै यसलाई जोगाइ राख्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे । लोकसंगीतलाई आफ्नो पेशा बनाएर अघि बढिरहेका प्रतिभावान् कलाकारलाई हतोत्साहित हुन नदिन पनि प्रतिष्ठानले आफुलाई अब्बल बनाएर अगाडि लैजना उनले नेतृत्वलाई भनेका छन् ।
प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रेखा विष्टले नयाँ नेतृत्वलाई बाधाई तथा शुुभकामना दिर्दै प्रतिष्ठानको शाखालाई जोगाउँदै नवप्रतिभाहरुको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नेतृत्वलाई आग्रह गरेकी छन् । उनले आफ्नो नेतृत्वमा प्रतिष्ठानलाई देशकै उदाहरणीय प्रतिष्ठानको रुपमा चिनाउन सफल भएको भन्दै आगामी दिनमा पनि सबै कलाकारहरुलाई समाहित गर्दै प्रतिष्ठानको छविलाई उचो राख्ने काममा ध्यान दिन नयाँ नेतृत्वलाई विष्टले आग्रह गरेकी छन् । उनले आफ्नो कार्यकालमा प्रतिष्ठानको आफ्नै भवन बनाउने योजना रहे पनि विधि कारणले बनाउन नसकिएकाले त्यसतर्फ पनि अहिलेको नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!