कोरोनाबाट थप पाँचको मृत्यु
आइतबार, मंसिर १९, २०७८
नेपालमा दुई सय ४६ कोरोना संक्रमित थपिए
शुक्रबार, मंसिर १७, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका २ सय ४६ जनामा संक्रमण देखिएको हो ।
३ सय १५ संक्रमित थपिए
शुक्रबार, मंसिर १७, २०७८
पछिल्लो २४ घण्टामा थप ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका ३ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् ।
ओमिक्रोनको जोखिम बढ्दै गएकाले विदेश यात्रा नगर्न मन्त्रालयको आग्रह
बुधबार, मंसिर १५, २०७८
सरकारले कोरोनाको नयाँ भेरियन्ट ’ओमिक्रोन’को जोखिम बढेको भन्दै विदेश यात्रा नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो । मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको छ ।
नेपालमा एचआइभी/एड्सको संक्रमण दर घट्दो
बुधबार, मंसिर १५, २०७८
नेपालमा एचआइभी एड्स संक्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा संक्रमण दर घटेको अध्ययनले देखाएको हो ।
काँग्रेस नेता पन्तद्वारा स्वास्थ्य सामग्री वितरण
मंगलबार, मंसिर १४, २०७८
नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएका छन् । उनले नेपाल सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री यहाँका विभिन्न गाउँपालिकाका स्वास्थ्यचौकीहरुलाई वितरण गर्दै आएका हुन् ।
ओमिक्रोन फैलिन नदिन निगरानी
सोमबार, मंसिर १३, २०७८
कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।
१ सय ५८ नयाँ संक्रमित
सोमबार, मंसिर १३, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५४ र दुई हजार ३ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा फेरि बढ्न थाल्यो कोरोना
बुधबार, मंसिर ८, २०७८
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । दैनिक जसो ३/४ सयको हाराहारीमा संक्रमित देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार ३ सय ८५ जनामा संक्रमण देखिएको थियो भने मंगलबार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
थप ३ सय ८५ जनामा कोरोना संक्रमण
सोमबार, मंसिर ६, २०७८
पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पाल्पामा शुक्रबार आठ नयाँ संक्रमित थपिए
शुक्रबार, मंसिर ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित
बिहीबार, मंसिर २, २०७८
कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित भएका छन् । जिल्लाको रेसुङ्गा नगर सरकारले महामारीमा खटिनेहरुलाई सम्मान गरेको हो । नगर सरकारले स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई नगरप्रमुख डिल्लीराज भूषालले एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।
काँग्रेसले दियो देउराली स्वास्थ्यचौकीलाई सामग्री
बुधबार, मंसिर १, २०७८
नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिका–१ वडा कार्यालयले देउराली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री दिएको छ । काँग्रेसले कोरोना महामारी कायमै रहेकाले विभिन्न संघसंस्थाहरुबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्यचौकीलाई दिएको हो ।


