आज विश्व क्यान्सर दिवस मनाइँदै
शुक्रबार, माघ २१, २०७८
रेसुङ्ग नगरको वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र
बिहीबार, माघ २०, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिका १ को वडा कार्यालयमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ । बिहिबार एक औपचारिक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले केन्द्रको शुभारम्भ गरेका हुन् ।
पाल्पामा कोरोना संक्रमणमुक्त हुने बढे, विहीबार मात्रै १ सय ५७ जना निको
बिहीबार, माघ २०, २०७८
पाल्पामा कोरोना संक्रमितबाट निको हुनेको संख्या दैनिक बढ्दै गएको छ । यहाँ विहीबार १ सय ५७ जना संक्रमित निको भएर घर फर्किंदा ५० जना संक्रमित भएका छन् । यस्तै, बुधबार ५६ जना निको भएका थिए ।
रामपुर अस्पतालले आश्वासन पायो, डाक्टर पाएन
बिहीबार, माघ २०, २०७८
सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना अगाडि बढाए पनि जिल्लातहमा सञ्चालित अस्पतालमा जनशक्ति पुर्याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन ।
संक्रमणमुक्त हुने दर बढ्न थाल्यो
बिहीबार, माघ २०, २०७८
पछिल्ला केही दिन यता कोरोना संक्रमणमुक्त हुनेको दर बढ्न थालेको छ । संक्रमणको दर नघटेपनि संक्रमणमुक्त हुनेको दर भने बढ्न थालेको हो । बुधबार पनि नेपालमा कोरोना भाइरस संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेको छ ।
पाल्पामा एकै दिन ५६ संक्रमितले कोरोना जिते , ६८ जनामा संक्रमण पुष्टि
बुधबार, माघ १९, २०७८
जिल्लामा एकै दिन ५६ जना संक्रमितले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २७ जना महिला र २९ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा मंगलबार थप ३५ संक्रमित निको, ५८ जनामा संक्रमण
मंगलबार, माघ १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २१ जना पुरुष संक्रमित निको भएका हुन् ।
गर्भवतीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा
मंगलबार, माघ १८, २०७८
आमा र बच्चाको ज्यानलाई पूर्ण सुरक्षित राख्न पाल्पाको रम्भा गाउँपालिकाले पालिका भित्रका सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।
सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको
सोमबार, माघ १७, २०७८
पाल्पामा एक सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा एक सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु
आइतबार, माघ १६, २०७८
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । आइतबारदेखि लक्षित वर्गलाई बुस्टर खोप लगाउन सुरु गरिएको हो । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
आइतबार थप १५ जनामा कोराना संक्रमण पुष्टि
आइतबार, माघ १६, २०७८
पाल्पामा १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज
शनिबार, माघ १५, २०७८
सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।
कोरोना परीक्षण प्रयोगशाला बन्द
शनिबार, माघ १५, २०७८
गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।


