पाल्पामा शुक्रबार थप ६८ जनाले कोरोना जिते
शुक्रबार, माघ २८, २०७८
जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण
शुक्रबार, माघ २८, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिकाले घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । यहाँका ७० वर्ष माथिका नागरिकको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिने गरिएको छ । प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।
रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर
बुधबार, माघ २६, २०७८
स्वास्थ्य कार्यालय गुल्मीले गुल्मीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा स्वास्थ्य शिविर संचालन गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर १ मा रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाममा स्वास्थ्य कार्यालय गुल्मीले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको उपस्थितिमा...
पाल्पामा बुधबार थप ७३ जना संक्रमित कोरोनामुक्त
बुधबार, माघ २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ७३ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २८ जना महिला र ४५ जना पुरुष संक्रमित कोरोनामुक्त भएका हुन् ।
खोपको विवरण पठाउन निर्देशन
मंगलबार, माघ २५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि (बुधबार) सम्म कोरोना भाइरस विरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
पाल्पामा मंगलबार थप ४७ जनामा कोराना संक्रमण पुष्टि
मंगलबार, माघ २५, २०७८
पाल्पामा ४७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला
मंगलबार, माघ २५, २०७८
पाल्पाकोे रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ४० प्रकारका रोगहरूको परीक्षण गर्न प्रयोगशाला सञ्चालनमा ल्याएको हो । यसअघि स्वास्थ्यचौकीमा २८ प्रकारका रोगको परीक्षण गर्दै आएको थियो । परीक्षणको दायरा फराकिलो बनाएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।
पाल्पामा सोमबार थप ९७ जना संक्रमितले कोरोना जिते
सोमबार, माघ २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ५८ जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा आइतबार थप १ सय २० जना संक्रमणमुक्त
आइतबार, माघ २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ६२ जना महिला र ५८ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
पाल्पामा शनिबार थप ७४ जना संक्रमित निको भए
शनिबार, माघ २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४१ जना महिला र ३३ जना पुरुष संक्रमित निको भएका हुन् ।
बगनासकालीका गाउँ–गाउँमा बर्थिङ सेन्टर
शनिबार, माघ २२, २०७८
सदरमुकाममा मात्र सिमित रहेको बर्थिङ सेन्टरको सुविधा (गर्भवती महिला लाई तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी गराउने स्थान) अहिले जिल्लाको बगनासकालीका गाउँ गाउँमा पुगेको छ ।
पाल्पामा शुक्रबार थप ८१ जना संक्रमणमुक्त
शुक्रबार, माघ २१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ४२ जना पुरुष संक्रमित कोरोना संक्रमणमुक्त भएका हुन् ।


